फुटबल होस् वा अन्य कुनै खेल डर्बी भिडन्त निकै नै रोमाञ्चक हुने गर्छ। ठुला होस् वा साना प्रतियोगिता डर्बी भिडन्तका लागि खेलाडी जति उत्साहित हुन्छन् त्यो भन्दा धेरै समर्थक उत्साहित हुने गर्छन्।
अझ फुटबलमा पनि प्रिमियर लिगमा डर्बी भिडन्त निकै नै रोमाञ्चक हुने गर्छ। नयाँ सिजनको खेल तालिका बुधबार सार्वजनिक हुँदा लिगमा ८ टोलीको डर्बी भिडन्तलाई लिएर फुटबल समर्थकहरु निकै उत्साहित छन्।
होम एण्ड अबेमा हुने खेलमा आगामी नोभेम्बर ६ मा हुने म्याचेष्टरको डर्बी भिडन्तमा सिटी र युनाइटेड भिड्नेछन्। पहिलो म्यानचेष्टर डर्बी भिडन्त नोभेम्बर ६ मा युनाइटेडको मैदानमा हुनेछ भने दोस्रो खेल मार्च ५ मा सिटीको घरेलु मैदानमा हुनेछ।
नर्थ लन्डनको डर्बी भिडन्तमा आर्सनल र टोटनह्याम भिड्नेछन्। पहिलो नर्थलन्डनको डर्बी खेल आर्सनलको मैदानमा सेप्टेम्बर २५ मा हुनेछ। दोस्रो डर्बी भिडन्त टोटनह्यामको घरेलु मैदानमा जनवरी १५ मा हुनेछ।
मर्सीडाइस डर्बी भिडन्तमा एर्भटन र लिभरपुल खेल्नेछन्। पहिलो डर्बी खेल एभर्टनको घरेलु मैदानमा ३० नोभेम्बरमा हुनेछ। दोस्रो खेल २३ अप्रिलमा लिभरपुलको मैदानमा हुनेछ।
नर्थवेष्ट डर्बी भिडन्तमा म्यानचेष्टर युनाइटेड र लिभरपुल आमनेसामने हुनेछन्। अक्टोबर २३ मा खेल युनाइटेडको घरेलु मैदानमा हुनेछ। लिभरपुलले १९ मार्चमा युनाइटेडको स्वागत गर्नेछ।
प्रतिक्रिया