ad ad

खेल


मेस्सी वरपर टिम निर्माण गर्दै बार्सिलोना

मेस्सी वरपर टिम निर्माण गर्दै बार्सिलोना

एजेन्सी
असार ३, २०७६ मंगलबार १२:३०,

लियोनल मेस्सी भएर पनि अर्जेन्टिनाले खेल जित्न सक्दैन। अर्थात् मेस्सी एक्लैले केही गर्न सक्दैनन्।

मेस्सी बिना बार्साले उपाधि हात पार्न सक्दैन। यसको अर्थ एक स्टार खेलाडीको कमीमा पनि टोली कमजोर बन्नसक्छ।

जे होस् मेस्सी राष्ट्र र क्लब दुवैका लागि महत्वपूर्ण खेलाडी हुन भन्नेमा कसैको दुई मत छैन।

बार्सिलोना फुटबल क्लब यसबार पुरा ज्ञान राख्दछ। त्यसैले यतिबेला बार्सिलोना आफ्नो स्टार खेलाडी मेस्सी वरपर एक टिमको निर्माण गर्दैछ।

मेस्सीले कहिल्यै उनको प्रदर्शनमाथि प्रश्न चिन्ह खडा हुन दिएका छैनन्। हाल उनी क्लबका कप्तान हुन्। उनी एक्लैले केही गर्न सक्दैनन्। त्यसैले बार्साले मेस्सी वरपर रहेर टिमको निर्माण गरिरहेको हो।

बार्साले यस्ता खेलाडीको पहिचान गरिरहेको छ। जसले हाल मेस्सीलाई सहयोग गर्न सकोस् र मेस्सीको बहिर्गमनपछि उनको खेल शैली र कौशललाई पछ्याउन सकोस्।

अर्थात् बार्सा मेस्सी हुँदा क्लब जस्तो गतिमा छ पछि पनि त्यस्तै होस् भन्ने चाहन्छ। हाल ३१ वर्षीय मेस्सीको खेल जीवन धेरै बाँकी छैन। तर क्लब धेरै समयसम्म रहन्छ।

त्यसैले बार्साले मेस्सी वरपर आफ्नो टिम बनाइरहेको छ। बार्साले नयाँ खेलाडी ल्याउँदा समेत मेस्सीलाई सोध्ने गरेका छन्।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .