ad ad

खेल


कतारलाई विश्वकप जिम्मा दिँदा भ्रस्टाचार, युइएफएका पूर्व अधयक्ष प्लाटिनी पक्राउ

कतारलाई विश्वकप जिम्मा दिँदा भ्रस्टाचार, युइएफएका पूर्व अधयक्ष प्लाटिनी पक्राउ

नेपालखबर
असार ३, २०७६ मंगलबार ९:४६,

पेरिस (फ्रान्स)- फ्रोन्सेली प्रहरीले युरोपी फुटबल संघ (युइएफए)का पूर्व अध्यक्ष मिचेल प्लाटिनीलाई पक्राउ गरेको छ। कतारलाई सन् २०२२ फिफा विश्वकप आयोजना गर्ने निर्णयमा भ्रष्टाचार गरेको आरोपमा उनी पक्राउ परेका हुन्।

राजधानी पेरिसका काँठस्थित नान्टेरेबाट उनलाई पक्राउ गरिएको बीबीसीले जनाएको छ। फ्रान्सका पूर्व राष्ट्रिय खेलाडी उनी सन् २००७ देखि सन् २०१५ सम्म युइएफएका अध्यक्ष थिए। सो अवधिमा कतारले विश्वकप आयोजना गर्न पाउने निर्णय फिफाबाट भएको थियो। सो निर्णय आर्थिक प्रलोभनमा परी फिफा एवं  युइएफएको तत्कालीन नेतृत्वबाट भएको आरोप लाग्दै आएको छ।

प्लाटिनीमाथि ६ वर्षको प्रतिबन्ध लागेपछि उनले अध्यक्ष पद छोडेका थिए। पछि प्रतिबन्ध चार वर्षमा छोट्याइएको थियो।

उनको प्रतिबन्ध सन् २०१९ मार्चमा सकिएको थियो। हाल जारी अनुसन्धानले सन् २०२२ मा कतारलाई विश्वकप आयोजना गर्न दिँदा भ्रष्टचार गरेको निष्कर्षमा युइएएफए पुगेको छ।

फिफाका पूर्व अध्यक्ष सेफ ब्लाटर पनि प्लाटिनीसँगै प्रतिबन्धमा परेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .