नेपाल तेक्वान्दो संघ प्रदेश नम्बर ३ को आयोजनामा आगामी ६ र ७ गते काठमाडौंमा राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुने भएको छ।
नेपाल तेक्वान्दो संघ प्रदेश ३ ले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा ७ प्रदेशको सहभागिता रहने जनाएको छ।
सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा हुने प्रतियोगितामा ग्योरीगीतर्फ पुरुषमा ९ र महिलामा ७ तौल समूहमा प्रतिस्पर्धा हुने तेक्वान्दो संघ प्रदेश ३ का अध्यक्ष केशव पुरीले बताए। यस्तै पुम्सेमा एकल, जोडी र समूहमा प्रतिस्पर्धा हुने उनले बताए।
विभागीय टोलीहरुको सहभागिता नरहने प्रतियोगितामा हरेक प्रदेशबाट प्रत्येक तौल समूहमा एक जना मात्र खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ।
प्रतिक्रिया