ad ad

खेल


बन्द प्रशिक्षणका लागि नेपाली टोली घोषणा

बन्द प्रशिक्षणका लागि नेपाली टोली घोषणा

नेपालखबर
असार ३, २०७६ मंगलबार ७:४,

टि-२० विश्वकप छनोटका लागि बन्द प्रशिक्षणमा रहने २५ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ।

बन्द प्रशिक्षणबाट छानिएका खेलाडीमध्ये १४ खेलाडीले टि-ट्वान्टी विश्वकपको एसिया छनोट खेल्नेछन्।

आइसीसी प्रतिनिधि एमिनुल इस्लाम, मुख्य प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्काले बन्द प्रशिक्षणका लागि नेपाली टोली छनोट गरेका हुन्।

नेपाली टोलीको बन्द प्रशिक्षण बिहिबारबाट सुरु हुनेछ। एसिया छनोट आगामी जुलाई २२ देखि २८ सम्म सिंगापुरमा हुनेछ। एसिया छनोटमा नेपालसहित आयोजक सिंगापुर, मलेसिया, कतार र कुवेत रहेका छन्।

एसिया छनोटमा नेपालले पहिलो खेल कतारसँग खेल्नेछ। २३ जुलाईमा हुने उक्त खेलपछि नेपालले मलेसियासँग २४ जुलाई, कुवेतसँग २७ जुलाई र २८ जुलाईमा सिंगापुरसँग खेल्नेछन्।

छनोट शीर्ष टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन्। ग्लोबल छनोट अक्टोबर ११ देखी नोभेम्बर ३ सम्म युएईमा हुनेछ।

 जेठ अन्तिम साता सम्पन्न प्रधानमन्त्री कपमा उत्कृष्ट प्रदर्शन गरेका अमित श्रेष्ठलाई बन्द प्रशिक्षणमा मौका दिइएको छ। नेपाली टोलीमा ओपनिङमा समस्या देखिएका बेला अमितले प्रधानमन्त्री कपमा शतकसहित उत्कृष्ट प्रदर्शन देखाएका थिए।

बन्द प्रशिक्षणका लागि छनोट भएका खेलाडीहरु:

कप्तान पारस खड्का, अभिनास बोहरा, अमित श्रेष्ठ, बसन्त रेग्मी, भीम सार्की, विनोद भण्डारी, दिपेन्द्र सिंह ऐरी, ज्ञानेन्द्र मल्ल, जितेन्द्र कुमार मुखिया, करण केसी, कुशल भुर्तेल, ललित भण्डारी, ललित नारायण राजवंशी, आरिफ शेख, नन्दन यादव, पवन सर्राफ, प्रदीप ऐरी, राजु रिजाल, रोहित कुमार पौडेल, सन्दीप लामिछाने, साहब अलाम, शरद भेषवाकर, सोमपाल कामी, सन्दीप जोरा, सुसान भारी।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .