ad ad

खेल


कोपा अमेरिका: चिलीको विजयी सुरुवात

कोपा अमेरिका: चिलीको विजयी सुरुवात

एजेन्सी
असार ३, २०७६ मंगलबार ३:३१,

साबिकको विजेता चिलीले कोपा अमेरिका फुटबलमा विजयी सुरुवात गरेको छ ।

मंगलबार बिहान भएको खेलमा अतिथि टोली जापानलाई ४-० गोल अन्तरले पराजित गर्दै चिलीले शानदार सुरुवात गरेको हो।

चिलीका लागि एड्वार्डो भर्गासले दुई गोल तथा एलेक्सिस सान्चेज र एरिक पल्गरले एक एक गोल गरे।

जितसँगै समूह 'सी' को चिलीले पहिलो खेलबाटै ३ अंक जोडेको छ। आमन्त्रित टिमको रुपमा कोपा खेलिरहेको जापानले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ।

प्रतियोगितामा एसियाबाट जापान र कतार पाहुना टोलीका रुपमा खेलिरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .