ad ad

खेल


वेष्ट इण्डिजमाथि बंगलादेशको सानदार जित

वेष्ट इण्डिजमाथि बंगलादेशको सानदार जित

नेपालखबर
असार ३, २०७६ मंगलबार ३:२०,

शकिब अल हसनले १२४ रनको अविजित पारी खेलेसँगै वेष्टइण्डिजलाई ७ विकेटले पराजित गर्दै बंगलादेशले क्रिकेट विश्वकपमा सानदार जित हात पारेको छ। 

वेष्ट इण्डिजले दिएको ३ सय २२ रनको लक्ष्य बंगलादेशले ४१ ओभर ३ बलमा ३ विकेट गुमाएर पुरा गरेको थियो। शकिबले ९९ बलमा १६ चौका प्रहार गर्दै १ सय २४ रन जोडेपछि बंगलादेशले शानदार जित हात पारेको हो।

यस्तै बंगलादेशका लिटोन दासले ९४ तथा  तमिम इकवालले ४८ तथा सौम्य सरकारले २९ रन बनाए। वेष्ट इण्डिजका आन्द्रे रसेल र ओसाने थोमसले १/१ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेष्ट इण्डिजले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय २१ रन बनाएको थियो।उसका साई होपले ९६, इभिन लुइसले ७० तथा सिम्रन हिट्मायरले ५० रनको पारी खेले। 

बंगलादेशका मुस्थाफिजुर रहमान र महमद सैफदिनले समान ३/३ विकेट हात पारे।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .