ad ad

खेल


कोपा अमेरिका: उरुग्वेको जितमा सुआरेज र काभानीको गोल

कोपा अमेरिका: उरुग्वेको जितमा सुआरेज र काभानीको गोल

एजेन्सी
असार २, २०७६ सोमबार १:४६,

लुइस सुआरेज र एडिन्सन काभानीको गोलमा उरुग्वेले कोपा अमेरिका २०१९ अन्तर्गत सोमबार बिहान भएको खेलमा इक्वेडरमाथि ४-० को सहज जित हात पारेको छ। 

काभानी र सुआरेजसँगै निकोलस लोदेईरोले गोल गरेका थिए भने एक गोल भने उरुग्वेले आत्मघाति उपहार पाएको थियो। 

लोदेईरोले खेलको छैटौ मिनेटमा उरुग्वेलाई सुरुवाति अग्रता दिलाए। २४ औ मिनेटमा जोसे किन्टोसले रातो कार्ड पाउँदै मैदान छाडेपछि इक्वेडर १० खेलाडीमा सिमित रह्यो।

३३ औ मिनेटमा काभानी र ४४ औ मिनेटमा स्वारेजको गोलसँगै पहिलो हाफमा उरुग्वेलाई ३–० को अग्रता मिल्यो। अतुर्रो मिनाले ७८ औ मिनेटमा आत्मघाति गोल गरेपछि उरुग्वेले ४–०को सहज जित निकाल्यो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .