ad ad

खेल


१३ औं सागलाई ५ अर्ब बजेट आवश्यक

१३ औं सागलाई ५ अर्ब बजेट आवश्यक

नेपालखबर
असार १, २०७६ आइतबार १३:३९,

१३ औं साग बजेट निर्माण कार्यदलले १३ औं सागका लागि विविध बिषयमा अनुमानित ५ अर्ब २६ करोड ५७ लाख ४२ हजार ६ सय ७० को बजेट प्रस्तुत गरेको छ ।

बजेट निर्माण कार्यदलका संयोजक पिताम्बर तिम्सिनाले आईतबार युवा तथा खेलकुद मन्त्रालयमा एक कार्यक्रमबीच युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (बिश्वकर्मा) समक्ष विभिन्न शीर्षकमा उक्त बजेट प्रस्तुत गरेका हुन्।

कार्यदलले प्रस्तुत गरेको बजेटमा राष्ट्रिय टिम तयारी तर्फ ८८ करोड, १२ लाख, ६८ हजार १५०, खेलस्थल ब्यवस्थापन तर्फ ३ करोड ११ लाख, प्राविधिक तर्फ ३० करोड, ४० लाख, ६९ हजार, ९ सय, श्रोत साधन परिचालन तर्फ २० लाख, सुरक्षा तर्फ ५० करोड, २६ लाख १ हजार ८४० तथा आवस ब्यवस्थापनतर्फ ४५ करोड ५२ लाख ८६ हजार लाग्ने अनुमान गरिएको छ। 

यस्तै यातायात ब्यवस्थापन तर्फ १५ करोड ७१ लाख ४ हजार, स्वास्थ्य तर्फ ३ करोड, ४३ लाख ५२ हजार, प्रचार प्रसार तथा प्रकाशन तर्फ ८ करोड ९५ लाख ८ हजार ५ सय, समारोह ब्यवस्थापन तर्फ ७१ करोड ४६ लाख ८२ हजार ९१.२०, स्वयंसेवक परिचालन तर्फ २ करोड, २ लाख ९७ हजार तथा अतिथी सत्कार तर्फ १ करोड २९ लाख ५ हजार लाग्ने जनाइएको छ। 

प्रतिवेदनमा खेल सामाग्री, उपकरण तथा पोशाक ब्यवस्थापन सचिवालय तर्फ १ अर्ब २९ करोड ९१ लाख ५ हजार ८९ रुपैयाँ, एन्टि डोपिङ्ग तर्फ ३ करोड ५४ लाख ६१ हजार, आयोजक समिति तर्फ २७ करोड, ९९ लाख २७ हजार १ सय, आईटि व्यवस्थापनका लागि १९ करोड ६० लाख ७५ हजार तथा विविधमा २५ करोड लाग्ने अनुमान गरेको छ। 

उक्त बजेट पुस्तक ग्रहण गर्दै मन्त्री सुनारले १३ औं दक्षिण एशियाली खेलकुद राष्ट्रको ईज्जत, प्रतिष्ठा संग जोडिएको भन्दै सवै पक्षबाट यसलाई सफलतापूर्वक सम्पन्न गर्न अपिल गरे।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .