ad ad

खेल


भारत भर्सेस पाकिस्तानः भारतको नम्बर ४ मा को खेल्छ?

भारत भर्सेस पाकिस्तानः भारतको नम्बर ४ मा को खेल्छ?

एजेन्सी
असार १, २०७६ आइतबार ८:२८,

आइसिसी विश्वकप २०१९ अन्तर्गत केहीबेरमा भारत र पाकिस्तानबीचको खेल हुँदैछ।

म्यानचेस्टरको ओल्ड ट्रफोर्ड मैदानमा हुने खेलमा धेरैको नजर छ। यस्तोमा दुबै टोलीमा कसले मौका पाउँछन् भन्ने जिज्ञासा पनि तीव्र बनेको छ।

अष्ट्रेलियाविरुद्धको खेलमा भारतका ओपनर ब्याट्सम्यान शिखर धवन घाइते भएका थिए। सोही कारण भारतीय टोलीमा एक परिवर्तन हुने देखिन्छ।

यसअघि नै भारतीय प्रशिक्षक संजय बांगरले धवनको स्थानमा केएल राहुलले ओपनिङ गर्ने जनाइसकेका छन्। राहुल ओपनिङ आए भारतको नम्बर चारमा दिनेश कार्तिक अथवा विजय शंकरमध्ये एक आउनेछन्।

अर्कातिर पूर्वकप्तान महेन्द्रसिंह धोनीको पनि नम्बर चारमा आउने सम्भावना रहन्छ। त्यस्तोमा कार्तिक र शंकरलाई एकस्थान तल आएर खेल्नुपर्ने हुन्छ।

भारतको सम्भावित सुरुवाती–११
रोहित शर्मा, केएल राहुल, विराट कोहली, विजय शंकर, एमएस धोनी, केदार जादव, हार्दिक पाण्ड्या, भुवनेश्वर कुमार, कुलदीप यादव, यूजवेन्द्र चाहल, जसप्रित बुम्राह

भारतको सम्भावित सुरुवाती–११
इमाम उल हक, फखर जमान, बाबर आजम, मोहम्मद हफिज, सर्फराज अहमद, शोएब मलिक, आसिफ अली, हसन अली, वहाब रियाज, शादाब खान, मोहम्मद आमिर

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .