ad ad

खेल


विश्वकप क्रिकेट: फिन्चको शतकसँगै अष्ट्रेलिया शीर्षमा

विश्वकप क्रिकेट: फिन्चको शतकसँगै अष्ट्रेलिया शीर्षमा

नेपालखबर
असार १, २०७६ आइतबार १:३०,

आरोन फिन्च र मिचेल स्टार्कको उत्कृष्ट प्रदर्शन मद्दतमा श्रीलंकालाई ८७ रनले पराजित गर्दै अष्ट्रेलिया आइसिसी क्रिकेट विश्वकप-२०१९ को शीर्ष स्थानमा उक्लिएको छ। 

फिन्चको १ सय ५३ बलमा १ सय ३२ रनको शतकीय पारीको मद्दतमा शनिबार राति अष्ट्रेलियाले ३३४-७ रन बनाएको थियो। त्यसमा स्टिभ स्मिथले ७३ रन थपेका थिए। 

जवाफमा कप्तान डिमुथ कारुनकाटेँले ९७ र कुशल परेराले ५२ रनको पारी खेल्दै उत्कृष्ट सुरुवात पाएपनि मिचेल स्ट्रार्कले ४-५५ विकेट लिएपछि श्रीलंका २४७ रनमै अलआउट भयो। अष्ट्रेलियाका केन रिचर्डसनले पनि ३-४७ विकेट लिदैँ श्रीलंकाको मिडल अर्डर ध्वस्त पारेका थिए।

पाँच खेलमध्ये चार जित्दै अष्ट्रेलियाले न्यूजिल्याण्डलाई एक अंकले पछि पारेर ८ अंकसहित शीर्षमा स्थान बनाएको छ। 

अफगानिस्तान, वेष्टइण्डिज, पाकिस्तान र श्रीलंकालाई पराजित गरेको अष्ट्रेलिया भारतसँग भने पराजित भएको थियो।

पाँच खेलमा एकमा मात्रै जित हात पार्न सकेको श्रीलंका ४ अंकसहित पाँचौं स्थानमा छ। 

अष्ट्रेलियाले अब बिहीबार बंगलादेशको सामना गर्नेछ भने श्रीलंकाले शुक्रबार आयोजक इंग्ल्याण्डको सामना गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .