ad ad

खेल


भारत भर्सेस पाकिस्तानः यी ५ खेलाडीबीच हुनेछ कडा टक्कर

भारत भर्सेस पाकिस्तानः यी ५ खेलाडीबीच हुनेछ कडा टक्कर

नेपालखबर
जेठ ३२, २०७६ शनिबार ११:१२,

आइसिसी क्रिकेट विश्वकपमा भारत र पाकिस्तानबीचको खेल आइतबार हुँदैछ।

दुबै टोलीको प्रदर्शन हेर्दा भारत तुलनात्मक रुपमा केही बलियो देखिएपनि यसै विश्वकपमा इंग्ल्याण्डलाई पराजित गरेको पाकिस्तानलाई नजरअन्दाज गर्न भने मिल्दैन्।

यी दुबै टोली आइतबार आमने सामने हुँदा यी ५ खेलाडीबीच कडा टक्कर हुनेछ।

रोहित शर्मा भर्सेस फखर जमन


फखर पाकिस्तानका खतरानाक ब्याट्सम्यान हुन्। यता रोहित शर्मा राम्रो लयमा देखिएका छन्। यदि रोहित शर्मा क्रिजमा टिके भने उनले टोलीलाई ठूलो स्कोरतर्फ लैजानेछन्। फखर आक्रामक ब्याट्सम्यान हुन्। दुबै ओपनर ब्याट्सम्यानहरु चले भने आ–आफ्नो टोलीका लागि ठूलो योगदान दिन सक्छन्।

विराट कोहली भर्सेस बाबर आजम


वानडेमा बाबर आजमको स्ट्राइक रेट ८६ भन्दा बढी छ भने औषत ५० भन्दा माथि छ। यता, भारतीय टोलीका कप्तान विराट कोहलीको स्ट्राइक रेट ९० भन्दामाथि छ भने औषत ६० भन्दा माथि छ। दुबै मामिलामा विराट अघि भएपनि बाबर चले भने भारतमाथि हावी हुन बेर लाउने छैनन्।

एमएस धोनी भर्सेस सरर्फराज अहमद


भारतीय पूर्व कप्तान तथा विकेट किपर एमएस धोनीको यदि तुलना गरिन्छ भने त्यसका लागि पाकिस्तानका कप्तान सर्फराज अहमद उपर्युक्त खेलाडी हुन्। यी दुबै खेलाडीसँग ठूला प्रतियोगिता खेलेको अनुभव हुनुका साथै दुबै खेलाडी क्रिजमा सम्हालेर खेल्छन्। यदि शीर्ष क्रम नचल्दा टोलीको जिम्मेवारी उनीहरुको काँधमा हुन्छ।

जसप्रित बुम्राह भर्सेस मोहम्मद आमिर


जसप्रित बुम्राह अहिले विश्वकै नम्बर एक बलर हुन्। विश्वकपमा बुम्राहले लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। अर्कातर्फ पाकिस्तानका आमिरले ५४ वानडे खेल खेल्दै ७० विकेट लिइसकेका छन्। त्यसक्रममा उनले एकचोटी ५ विकेट पनि लिइसकेका छन्। जारी विश्वकपमै उनले पाकिस्तानविरुद्ध ५ विकेट लिएका थिए। सचिन तेन्दुल्करले समेत भारतीय टोलीलाई आमिरबाट बच्न सल्लाह दिएका थिए।

यूजभेन्द्र चाहाल भर्सेस शादाब खान


भारतीय लेगस्पिनर यूजभेन्द्र चाहाल जारी विश्वकपमा विरोधी खेलाडीको रणनीति ध्वस्त बनाउँन क्रियाशिल छन्। चाहालले अष्ट्रेलिया र दक्षिण अफ्रिकाविरुद्ध उत्कृष्ट प्रदर्शन देखाइसकेका छन्। यता, पाकिस्तानका शादाब खानले पनि लगातार आफ्नो उत्कृष्ट प्रदर्शन देखाउँदै आएका छ। शादाब बलिङसँगै ब्याटिङमा समेत लामो सर्ट प्रहार गर्न सक्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .