ad ad

खेल


उप-मेयरकप फुटबल: वालिङको शानदार सुरुवात

उप-मेयरकप फुटबल: वालिङको शानदार सुरुवात

नेपालखबर
जेठ ३२, २०७६ शनिबार १०:३०,

स्याङ्जाको वालिङ नगरपालिकाले काठमाडौंमा जारी उप–मेयर कप अन्तर नगरपालिका महिला फुटबल प्रतियोगिता अन्तर्गत शनिबार भएको पहिलो खेलमा शम्भुनाथ नगरपालिकालाई ११-० गोल अन्तरले पराजित गरेको छ। 

हलचोकस्थित एपीएफको मैदानमा वालिङलाई जित दिलाउन शान्ता नेपालीले ह्याट्रिकसहित ५ गोल गरिन्। यस्तै सरस्वती हमालले ह्याट्रिकसहित ४ गोल गरिन् भने त्यस्तै अमिता रनपाल र लिएम मास्केको नाममा एक एक गोल गरे।

जितसंगै समूह 'ए' को वालिङले पहिलो खेलबाट ३ अंक जोडेको छ।  अखिल नेपाल फुटबल संघ (एन्फा) को महिला फुटबल समितिको आयोजनामा सुरु प्रतियोगितामा १८ टिमले प्रतिस्पर्धा गरिरहेका छन्। 

प्रतियोगिताको विजेताले ५ लाख तथा उपविजेताले ३ लाख र फेयर प्ले टिमले ५० हजार पाउने छन्। प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले २५ हजार र विधागततर्फ उत्कृष्ट हुनेले समान १०/१० हजार पाउने एन्फाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .