ad ad

खेल


यूरोकप: अष्ट्रियाविरुद्ध संघर्षपूर्ण जित निकाल्दै इटाली क्वार्टरफाइनलमा

यूरोकप: अष्ट्रियाविरुद्ध संघर्षपूर्ण जित निकाल्दै इटाली क्वार्टरफाइनलमा

नेपालखबर
असार १२, २०७८ शनिबार २३:३४,

यूरोकपको अन्तिम १६ को स्पर्धामा अष्ट्रियाविरुद्ध अतिरिक्त समयमा २-१ गोलअन्तरको संघर्षपूर्ण जित निकाल्दै इटाली क्वार्टरफाइनलमा प्रवेश गरेको छ। 

सिजेले ९५औं मिनेटमा इटालीलाई अग्रता दिलाएका थिए। १०५औं मिनेटमा पेसिनाले उसको अग्रता दोब्बर पारे। 

११४औं मिनेटमा सासा कालाज्डिजले हेडरमार्फत एक गोल फर्काएपनि अष्ट्रियाका लागि त्यो सान्त्वना गोलमात्रै बन्यो।

अब क्वार्टरफाइनलमा इटालीले बेल्जियम वा पोर्चुगलसँग खेल्नेछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .