ad ad

खेल


बाँसगढी र तुल्सीपुरले अंक बाँडे

बाँसगढी र तुल्सीपुरले अंक बाँडे

नेपालखबर
जेठ ३१, २०७६ शुक्रबार १२:१३,

अखिल नेपाल फुटबल संघको आयोजनामा शुक्रबारबाट काठमाडौंमा शुरु भएको उपमेयर कप अन्तर नगरपालिका महिला फुटबल प्रतियोगिताको उद्घाटन खेलमा बाँसगढी नगरपालिका र तुल्सीपुर उप महानगरपालिकाले बराबरी खेल्दै अंक बाडेका छन्।

हल्चोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा शुक्रबार भएको उद्घाटन खेलमा बाँसगढी र तुल्सीपुर २–२ गोलको बराबरीमा रोकिएका हुन्।

बाँसगढीका लागि नेपालबाट समेत खेलिसकेकी पुजा राना मगरले २ गोल गरिन्। उनले खलको ११औं र ३७औं मिनेटमा गोल गरेकी थिइन्।

यस्तै तुल्सीपुरका दिपा पुनमगर र ममता पुनमगरले एक एक गोल गरेका थिए। दीपाले ११ र ममताले २५औं मिनेटमा गोल गरेका थिए।

यस्तै दोस्रो खेलमा चन्द्रागिरी नगरपालिकाले गोदावरी नगरपालिकालाई ४–० गोलअन्तरले पराजित गरेको छ। गोदावरीका सविता रानामगर, रोजनी थाकुर, रेश्मी घिसिङ र निशा थोकरले समान एक एक गोल गरे।

अखिल नेपाल फुटबल संघ (एन्फा) को महिला फुटबल समितिको आयोजनामा सुरु प्रतियोगितामा १८ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी १८ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । लिग कप नकआउटको आधारमा हुने प्रतियोगितामा विभागीय टिमको सहभागिता हुने छैन । तर, विभागीय टिमका खेलाडीले भने खेल्न पाउने छन् ।

प्रतियोगिताको विजेताले ५ लाख नगद पुरस्कार पाउने छन्। यस्तै उपविजेताले ३ लाख र फेयर प्ले टिमले ५० हजार पाउने छन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले २५ हजार र विधागततर्फ उत्कृष्ट हुनेले समान १०–१० हजार पाउने छन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .