ad ad

खेल


फिफा वरियता: नेपाल चार स्थान तल

फिफा वरियता: नेपाल चार स्थान तल

नेपालखबर
जेठ ३१, २०७६ शुक्रबार ११:२८,

नेपाल चार स्थान तल फिफा वरियतामा नेपाल चार स्थान तल झरेको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल चार स्थान तल झर्दै १६५औँ स्थानमा रहेको हो । यसअघि नेपाल १६१औँ स्थानमा थियो ।

चार स्थान तल झरेको नेपाल दक्षिण एशियामा भने तेस्रो स्थानमा छ । नेपालभन्दा माथि भारत १०१ औँ स्थानमा छ भने माल्दिभ्स १५१ औँ स्थानमा रहेको छ । नेपालभन्दा तल रहेको बङ्गलादेश १८३औँ स्थानमा छ भने भूटान १८६औँ स्थानमा छ ।

त्यसैगरी श्रीलङ्का २०१ तथा पाकिस्तान २०३औँ स्थानमा रहेको छ । विश्व वरियतामा बेल्जियम भने शीर्ष स्थानमा यथावत् नै छ । फ्रान्स दोस्रो तथा ब्राजिल तेस्रो स्थानमा छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .