कोपा अमेरिकाअन्तर्गत शनिबार बिहान सम्पन्न समूह ए को खेलमा अर्जेन्टिनाले उरुग्वेलाई १–० ले हराएको छ।
अर्जेन्टिनाको जितमा गुइडो रोड्रिगेजले खेलको एक मात्रै निर्णायक गोल गरे। उनले कप्तान लिओनल मेस्सीको क्रसमा गोल गरेका थिए।
जारी कोपा अमेरिकामा अर्जेन्टिनाको यो पहिलो जित हो। यसअघि पहिलो खेलमा अर्जेन्टिनाले चिलीसँग २–२ को बराबरी खेलेको थियो।
जितसँगै अर्जेन्टिनाले २ खेलबाट ४ अंक जोडेको छ। एक खेल मात्रै खेलेको उरुग्वे भने तेस्रो स्थानमा छ।
3
Shares
प्रतिक्रिया