ad ad

खेल


स्कटल्याण्डको प्रभावशाली प्रदर्शनसँगै इंग्ल्याण्ड निराश

स्कटल्याण्डको प्रभावशाली प्रदर्शनसँगै इंग्ल्याण्ड निराश

नेपालखबर
असार ४, २०७८ शुक्रबार २३:४८,

यूरोपियन च्याम्पियनसिपमा इंग्ल्याण्ड र स्कटल्याण्डले गोलरहित बराबरी खेलेका छन्। बराबरीसँगै दुवै टोलीले अन्तिम १६ मा पुग्ने सम्भावना समेत जीवित छ। 

१९९६ को यूरोकप पछि चिरप्रतिद्वन्द्वी दुवै टोलीहरु पहिलोपल्ट २२ हजार ५ सय दर्शकबीच वेम्बली स्टेडियममा पहिलोपल्ट कुनै मुख्य प्रतियोगितामा खेलेका थिए।

पहिलो खेलमा चेक रिपब्लिकसँग पराजित भएपनि स्कटल्याण्डले इंग्ल्याण्डविरुद्धको यस दोस्रो खेलमा प्रभावशाली प्रदर्शन गर्दै अंक खोस्यो।

इंल्याण्ड भने पटक पटकका अवसर सदुपयोग गर्न नसक्दा निराश बन्यो।

स्कटल्याण्डका स्टेफिन ओडिनेलको प्रहार जोर्डन पिकफोर्डले जोगाएका थिए। यस्तै रेसी जेम्सको प्रहारलाई गोललाईनबाट ल्यान्डन डाइक्सले क्लिएर गरिदिए।

पहिलो खेलमा क्रोएसियालाई पराजित गरेको इंग्ल्याण्डलाई अब अन्तिम खेलमा चेक रिपब्लिकलाई पराजित गर्दै समूह विजेता बनेर अन्तिम १६ मा पुग्ने अवसर छ।

यता अन्तिम १६ मा पुग्न पुछारमा रहेको स्कटल्याण्डले क्रोयसियालाई हराउनुपर्नेछ।

अंकतालिकामा चेक रिपब्लिक र इंग्ल्याण्डको समान ४ अंक भएपनि गोलअन्तरका आधारमा इंग्ल्याण्ड पहिलो र रिपब्लिक दोस्रो स्थानमा छ। 

१-१ अंक भएका क्रोएसिया तेस्रो र स्टकल्याण्ड पुछारमा छ। सबै टोलीले आफ्नो अन्तिम खेल खेल्न बाँकी छ।

यो पनि: इंग्ल्यान्डविरूद्ध स्कटल्यान्ड: पुराना दुस्मनबीचको १००औँ भीडन्त

 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .