स्लोभाकियालाई पराजित गर्दै स्वीडेनले युरोपियन च्याम्पियनसिपमा पहिलो जित दर्ता गरेको छ।
शुक्रबार सेन्ट पिटर्सबर्ग रंगशालामा भएको समुह ई को दोस्रो चरणको पहिलो खेलमा स्वीडेनले स्लोभाकियालाई १–० गोल अन्तरले हराएको छ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा स्वीडेनले दोस्रो हाफमा पेनाल्टीमा गोल गर्दै जित निकालेको हो। खेलको ७७ औँ मिनेटमा मिडफिल्डर एमिल फेर्सवर्गले गोल गर्दै स्वीडेनलाई अग्रता दिलाएका थिए। उनले गरेको गोल नै निर्णायक बन्यो।
जितसँगै ४ अंक जोडेको स्वीडेनको अघिल्लो चरण पुग्ने सम्भावना कायमै छ। पराजित स्लोभाकिया ३ अंकमा दोस्रो स्थानमा झरेको छ।
स्वीडेनले पहिलो खेलमा स्पेनलाई गोलरहित बराबरीमा रोकेको थियो। स्लोभाकियाले भने पोल्याण्डलाई २–१ ले हराएको थियो।
आजै हुने दोस्रो खेलमा क्रोएसिया र चेक रिपब्लिक खेल्नेछन्। खेल राति पौने १० बजे हुनेछ। आज मध्यराति नै चिरपरिचित इङ्ग्ल्याण्ड र स्कटल्याण्ड भिड्नेछन्।
प्रतिक्रिया