ad ad

खेल


स्पोर्ट्स अवार्डलाई डिस मिडिया नेटवर्कको साथ

स्पोर्ट्स अवार्डलाई डिस मिडिया नेटवर्कको साथ

नेपालखबर
जेठ ३१, २०७६ शुक्रबार ११:६,

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले प्रत्येक वर्ष आयोजना गर्ने बजाज पल्सर स्पोर्ट्स अवार्ड २०७५ लाई डिस मिडिया नेटवर्क लिमिटेडले सह–प्रायोजन गरेको छ।

 डिस मिडिया नेटवर्क र एनएसजेएफबीच शुक्रबार मुख्य सह प्रायोजन (इन एसोसिएसन विथ) सम्बन्धी सम्झौता भयो। नेपाली खेलकुद क्षेत्रको प्रतिष्ठित अवार्डको रुपमा रहेको पल्सर स्पोर्ट्स अवार्डको लागि एनएसजेएफले डिस मिडियासँग लगातार नवौं वर्ष सहकार्य गरेको हो।

आइतबार एक कार्यक्रमबीच एनएसजेएफका अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) र डिस मिडिया नेकवर्कका प्रवन्ध निर्देशक सुदिप आचार्यले सम्झौता पत्रमा हस्ताक्षर गरे।

मुख्य सह–प्रायोजकको रुपमा सम्झौता भएसँगै अवार्डको नाम ‘एनएसजेएफ इन एसोसिएसन विथ एक्सन स्पोर्ट्स एचडी प्रिसेन्ट्ज पल्सर स्पोर्ट्स अवार्ड पावर्ड बाई गोल्डस्टार’को नाम रहने अध्यक्ष सुवेदीले बताए।

सम्झौता अनुसार डिस मिडियाले अवार्डका लागि सात लाख रुपैयाँ नगद र चार लाख रुपैयाँ बराबरको डिस होम सेट–अफ बक्स र दुई बर्षसम्म निःशुल्क सुविधा उपलब्ध गराउनेछ। ‘डिस मिडियासँग सम्झौतामा यस पटक गत वर्षभन्दा चार गुणा वृद्धि भएको छ। सरकारले समेत यस पटक अवार्डको लागि रकम छुट्याएको छ,’ अध्यक्ष सुवेदीले भने।

यसैगरी डिस मिडियाका प्रवन्ध निर्देशक सुदिप आचार्यले खेलकुद क्षेत्रमै समर्पित भएर लागेको डिस मिडिया र नेपालकै पहिलो खेलकुद च्यानल एक्सन स्पोर्ट्स अवार्डको लागि सहकार्य गर्न पाउँदा खुशी भएको बताए।

उनले नेपाली खेलकुदको विकासमा लागि थप सहकार्य गर्दै अगाडी बढ्ने प्रतिबद्धता पनि जनाए। एनएसजेएफले यसअघि नै मुख्य प्रायोजककको रुपमा रहेको हंशराज हुलास चन्द एण्ड कम्पनीसँग सम्झौता नविकरण गरिसकेको छ।

नेपाली खेलकुदकै प्रतिष्ठित अवार्डको रुपमा रहेको यस अवार्डको १६औं संस्करण असार १७ गते काठमाडौंको कमलादिस्थित प्रज्ञा भवनमा आयोजना हुँदैछ। यस पटकको अवार्ड कार्यक्रममा नौ विधाका खेलाडी र खेलकर्मीसहित एक जना अन्तर्राष्ट्रिय खेल पत्रकारलाई पनि सम्मान गर्ने कार्यक्रम रहेको बताईएको छ ।

यसअघि नै कार्यक्रमको पिपुल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक भइसकेको छ। बर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला र युवा तथा उत्कृष्ट प्रशिक्षक विधाको मनोनयन केही दिनमै सार्वजनिक गरिने छ। यस्तै, लाइफटाइम एचिभमेन्ट अवार्ड, पारा एथलिट, स्पेशल अवार्ड र टिम अफ दी इयर अवार्डको घोषणा कार्यक्रमकै दिन गरिनेछ।

यसपटक पनि उत्कृष्ट पुरुष, महिला, पिपुल्स च्वाइस तथा प्रशिक्षकलाई पल्सर मोटरसाइकल पुरस्कार प्रदान गरिनेछ। अन्य विधाका विजेतालाई ५० हजार रुपैयाँ सहित गिफ्ट ह्याम्पर प्रदान गरिने मञ्चका महासचिव प्रज्व्ल ओलीले बताउनु भयो । पिपुल्स च्वाइस अवार्डकका लागि मनोनयनमा परेका ५ खेलाडीको नाम यसअघि नै सार्वजनिक भइसकेको छ।

जसमा क्रिकेटका सन्दीप लामिछाने, ब्याडमिन्टनका प्रिन्स दाहाल, फुटबलकी सावित्रा भण्डारी, भलिबलकी रेश्मा भण्डारी र शारीरिक सुगठनका महेश्वर महर्जन छन्। पल्सर स्पोर्ट्स अवार्डको मुख्य प्रायोजक हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिको पल्सर मोटरसाइकल रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .