खेल


नेपालले रक्षात्मक मात्र होइन आक्रामक खेल पनि खेल्न सक्छ : कप्तान चेम्जोङ

नेपालले रक्षात्मक मात्र होइन आक्रामक खेल पनि खेल्न सक्छ : कप्तान चेम्जोङ

नेपालखबर
जेठ ३१, २०७८ सोमबार १३:४५,

कतार विश्वकप छनोट र एसियन कप छनोटमा नेपालले कुवेत भ्रमण गरेर आइतबार साँझ नेपाल फर्किएको छ।

अघिल्ला भ्रमण भन्दा यो पटकको भ्रमण उपलब्धिमूलक रहेको नेपाली टोलीका कप्तान किरण चेम्जोङले बताएका छन्। कप्तान चेम्जोङले विगतमा भन्दा राम्रो प्रदर्शन गरेको नेपाली टोलीका कप्तान किरण चेम्जोङले बताएका छन्। सधैँ रक्षात्मक रणनीति अपनाउने नेपालले यो भ्रमणमा आक्रामक खेल्न सक्छ भन्ने उदाहरण दिएको कप्तान चेम्जोङले बताए।

समूह तालिकाको चौँथो स्थानमा रहँदै कतार विश्वकप छनोट यात्रा समाप्त हुँदा २०२३ चीनमा एसियन कपको झिनो आशा प्लेअफ मात्रै बाँकी छ। तटस्थ स्थल कुवेत भ्रमण गरेको नेपालले कोरोना महामारी नेपालमा हुँदैनथ्यो भने नेपालले कुवेत भ्रमण गरेका खेल त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा नेपाल दर्शक माझ खेल्ने थियो। कुवेतका प्रशिक्षक अबदुल्लाह अलमुताइरीले राष्ट्रिय टोली सम्हाले पनि विगतको खेल्ने शैली भन्दा फरक देखियो। साथै प्रशिक्षक अलमुताइरीले नेपाली टोली कुवेत भ्रमण गर्दा बलिया टोलीसँग पनि नेपालले प्रतिस्पर्धात्मक खेल देखाउन सक्छन् भन्ने मानसिकता थपिदिएका छन्।

नेपाल फर्किए पछि नेपाली टोलीका कप्तान किरण चेम्जोङसँगको र्वार्ता।

कुवेत भ्रमण समग्रमा कस्तो रह्यो?
कुवेतको तीनवटै खेल हेर्दा, टिमले धेरै सकारात्मक खेल देखेको छु। टिममा गएपछि सुधारिएको खेल देखेको छ। सकारात्मक र नकारात्मक दुवैै पक्षलाई नियाल्नु पर्छ। सकारात्मक कुराहरुलाई ध्यान दिनु पर्छ। विशेष हामीले हाम्रो बलियो पक्षलाई केलाउँदै अगाडि बढ्नु पर्छ। आउँदा दिनमा सकारात्मक विषयमा विशेष ध्यान दिनु पर्छ। यसरी नै अगाडि बढ्दा नेपालको फुटबल विकासले गति लिन सक्छ।

चाइनिज ताइपेइसँगको खेलमा हामीले विगतको नतिजालाई निरन्तरता दिन सक्यौं। जोर्डन र अस्ट्रेलियासँगको खेलमा भने विगतको नतिजालाई क्रमभंग गर्ने लक्ष्य पूरा हुन सकेन। नसक्नुमा हामी कहाँ चुक्यौं?
पहिलो खेल चाइनिज ताइपेइसँग थियो। ताइपेइको घरेलु मैदानमा खेल्न जाँदा त्यो समयमा टोली निकै बलियो। दोस्रो लेगमा पनि सुखद नतिजा निकाल्न हामी पूर्ण रुपमा तयार थियौं। कुवेत जानु अघि इराक भ्रमण गरेर लिएको उपलब्धिले हाम्रो मनोबल बढ्यो।

पहिलो खेल चाइनिज ताइपेइसँग थियो। तयारी राम्रो भएकाले नतिजालाई निरन्तर दिन सक्यौं। भ्रमणमा रहेका कोच र एसिस्टेन्ट कोचले हाम्रो खेललाई राम्रोसँग नियाल्नु भएको थियो। उनीहरुको खेललाई पनि। जित्नुको विकल्प हामीलाई थिएन। सोही अनुसार कोचले दिएको निर्देशनलाई खेल अवधि भर पालाना गर्‍यौं। पेनाल्टीबाट अग्रता लिएसँगै खेलाडीमा हौसाल मिल्यो। पछि दोस्रो गोल पनि निस्कियो। बलमा पकड जमाउँदै दबाब दिएर खेल्यौं। राम्रो खेल्यौं। दोस्रो खेल जोर्डन खेल उसैको मैदानमा खेलेका थियौँ। टफ म्याच थियो।

पहिलो खेलमा गोलको मार्जिन धेरै लागेको थियो। पहिलो खेलमा पेनाल्टीबाट हामी पछि परेका थियो। दोस्रो लेगमा पनि सोही अवस्था भयो। नचाहँदा नचाहँदै गल्ती भयो। मानवीय त्रुटि र फुटबलको पाटो हो। जोर्डनसँगको खेलमा पनि पुरानो गल्ती भयो। सामान्य गल्तीले खेल गुमाउन पुग्यो। सुधारको प्रयास गरे पनि अलमलमा पर्‍यौं। यद्यपि जोर्डनसँगका कमजोर पक्ष केलाउँदै खेल्ने प्रयास गरे पनि सफल हुन सकेनौं। अंक खोस्ने लक्ष्यका साथ मैदान उत्रिएका थियौं। ३–० ले नै हार्ने सोच थिएन तर खेलमा सोही नतिजा दोहोरियो। समग्रमा प्रदर्शनले राम्रा गरेका हौं।

एसियाली पावर हावस र विश्वकपको अनुभव लिएको अस्ट्रेलियासँगको खेललाई कसरी नियाल्नु भयो त?
अस्ट्रेलियासँग पहिलो लेग नै टप टोली र खेलाडीसँग खेल्न पाउनु हाम्रो लागि मौका रह्यो। पहिलो खेल भन्दा दोस्रो लेग फरक थियो। पहिलो लेगमा फिल्ड सेयर गर्न पाउनु हामीलाई उपलब्धिमूलक थियो। पहिलोमा हामी अनुभव बटुल्ने लक्ष्यमा थियौं भने दोस्रो लेगमा प्रतिस्पर्धात्मक फुटबल खेल्ने लक्ष्य राखेका थियौं। सोही अनुसार तयारी पनि गरेका थियौं।

पहिलो हाफमा १० खेलाडीमा सिमित भए पनि सम्रग टोली एक बनेर खेल प्रदर्शन गर्न सफल भयौं। वान म्यान डाउनमा पनि हामीले बलियो अस्ट्रेलियालाई रोक्यौं। अस्ट्रेलियासँगको खेलमा टिम मेट्सले गरेको प्रदर्शनमा निकै सन्तुष्ट छु। तारिफ गर्न चाहन्छु। देशका लागि मरेर खेलेका थिए। तारिफ योग्य खेल रह्यो। राम्रो खेले। अस्ट्रेलियासँगको दोस्रो लेग पनि राम्रो भयो। सुखद नै मान्नु पर्छ।

एसियाको पावर हाउससँग खेल्न पाउँदा हाम्रो लागि अनुभव भयो। आउँदा दिनमा अब अन्य एसियाका पावर हाउससँग खेल्नु पर्छ र पाउँ भन्ने हाम्रो अपेक्षा छ। कोरिया, जापान, इरान जस्ता टोलीसँग खेल्न पाउँ। नतिजा जे होला केही फरक पर्दैन। पहिलो खेल गुमाए पनि दोस्रो खेलमा सुधारका अवसर पाउँछौं। यसरी आउँदा दिनमा बलियो टोलीसँग खेल्न पाउँदा नेपाली फुटबलको स्तर सुधारिन्छ भन्ने मेरो विश्वास छ। जितका लागि खेल्नु भन्दा पनि अनुभवलाई यस्ता खेलले सुधारका लागि धेरै सहयोग गर्छ।

सधैँ हार्छ भन्ने आंकलन भए पनि नेपालले पनि प्रतिस्पर्धात्मक फुटबल खेल्न सक्छ भन्ने सन्देश विश्व भर जान्छ। ठूलो अन्तरले हारेको भए पनि दोस्रो पटक आमने सामने हुने अवसर पाउँदा सुधारिएको खेल देखायो भन्ने सन्देश दिन सक्छौँ भन्ने अस्ट्रेलियासँगको खेलले प्रमाणित गरेको छ। अस्ट्रेलियाको प्रशिक्षकले पनि हाम्रो खेलको तारिफ गरेका छन्। अब यस्तै बलियो अस्ट्रेलियासँग आउँदा दिनमा पनि खेल्न पाए स्कोर गर्न सकिन्छ भन्ने विश्वास छ। समग्रमा अन्तिम खेल पनि राम्रो मान्छु।

छोटो समय टोलीलाई सम्हालेका प्रशिक्षक अल्मुताइरीको रणनीति भ्रमणमा सफल भएको हो? अनि यस्तो सम्भव कसरी भयो?
कोचले मात्र सम्भव हुँदैन। टोलीले युनाइटेड खेल देखाउँदा नतिजा निक्लने हो। कोचको निर्देशनले धेरै अर्थ राख्छ। नयाँ कोचले वे देखाउने हो। नेपाली टोलीलाई सम्हाल्नु भएका नयाँ प्रशिक्षक अबदुल्लाहले सबै खेलाडीको माइन्डमा ‘वि क्यान प्ले फुटबल’ भरिदिनु भएको छ। यस्तो वातावरण सबै खेलाडीको दिमागमा राख्दिनु भएको छ। जति बलियो प्रतिद्वन्द्वी भए पनि हामीले फुटबल खेल्न सक्छौं भन्ने मानसिकता भरदिनु भएको छ।

नतिजा जे पनि एट्याकिङ फुटबल खेल्नु पर्छ। उहाँको प्रेरणाले नयाँ खेलाडीमा प्रतिस्पर्धात्मक खेल खेल्न सक्छौं भन्ने मानसिकता विकास भएको छ। युवा खेलाडीमा यस्तो मनसिकता परेको छ। अन पिच अफ पिचमा सबै खेलाडीलाई मोटीभेसन दिन सक्नु भएको छ। नयाँ खेलाडीमा फाइटिङ स्प्रिट विकास भएको छ। प्रशिक्षकको मात्र भन्दा पनि समग्र टिमको प्रदर्शन रह्यो। प्रशिक्षकको योजना फुटबललाई एक स्टेप माथि लग्ने लक्ष्य रहेको छ। सोही अनुसार उहाँले प्रशिक्षण गर्नु भएको छ। त्यसका लागि हामीले उहाँलाई साथ दिएका छौं। सोही अनुसार हामीले पालना गरेका छौं।

विगतको भन्दा फरक शैलिको फुटबल प्रदर्शन गरेको नेपालले एट्याकिङ फुटबल खेलेको छ। युवा खेलाडी र पाका खेलाडी पनि टोलीमा रहेका छन्। आउँदा दिनमा नेपाली टोलीले कुवेत भ्रमणमा गरेको प्रदर्शनलाई निरन्तरता दिन कस्तो किसिमको योजना आवश्यक छ ?
खेलाडीहरु वर्ष भरिनै व्यस्त हुनु पर्‍यो। व्यस्त तालिका पनि हुनु पर्छ। शीर्ष डिभिजनका लिगहरु निरन्तर हुनु पर्‍यो। पहिलो पटक फ्रेन्चाईज फुटबल प्रतियोगिता सम्पन्न भएको छ। सम्पन्न एनएसलले खेलाडीमा राम्रो सन्देश दिएको छ। खेलाडीलाई एनएसएल राम्रो भएको छ। यस्ता प्रतियोगिताले नेपाली खेलाडीलाई ब्यस्त र अवसर खेज्नका लागि निकै मद्दत गरेको छ।

लिगहरु लामो समयसम्म हुनु पर्छ। व्यवसयिक हिसाबले लिगहरु सञ्चालन हुनु पर्छ। राष्ट्रिय खेलाडीलाई अन्तर्राष्ट्रिय भ्रमण गराएर ब्यस्त गराउनु पर्छ। फुटबल खेलाडीलाई फुटबलमा नै व्यस्त बनाउनु पर्छ। हामी भन्दा माथिल्लो र तल्लो स्तरको देशहरुसँग बारम्बार मैत्रिपूर्ण खेल धेरै भन्दा धेरै मिलाएर खेलाडीलाई धेरै अनुभव दिनु पर्छ। सबै भन्दा ठूलो कुरा खेलाडीलाई व्यस्त राख्नु पर्छ।

खेलाडीलाई फुर्सद हुने किसिमको वातारण भन्दा पनि व्यस्त बनाउँदै फुटबल मात्र सोच्न वातारण जरुरी छ। यसले गर्दा नेपाली फुटबलको नतिजा राम्रो हुन्छ। खेलाडीका लागि पनि यस्ता योजनाले हौसला मिल्छ। ठूलो टोलीसँगको पटक पटक खेल्न पायौं भने अवस्य नै हामीले सुधाएिको खेल देखाउँन सक्छौं । कमी कमजोरीहरुलाई नियाल्न सक्छौं। अनुभव हुन्छ, पहिलो, दोस्रो अनि तेस्रो खेलमा सुधार अवस्य देखिन्छ। यसरी नै फुटबल सुधार गर्न सकिन्छ।

नेपालको तुलनामा विदेश तिर लामो समयसम्म लिग सञ्चालन हुन्छ। एन्फा र नेपाल सरकारले खेलाडीलाई व्यस्त बनाइराख्ने तालिका बनाउनु पर्छ। बलियो टोलीसँग पटक पटक मैत्रिपूर्ण खेल खेल्दै कमी कमजोरी सुधार्दै समग्र खेल सुधारको बाटो अंगाल्न सकिन्छ। समग्रमा भन्नु पर्दा खेलाडीलाई व्यस्त राख्नु पर्छ, अन्तर्राष्ट्रिय भ्रमण गराउँदै टोलीलाई अनुभव बटुल्ने मौका दिनु पर्छ।

ठूलो क्लब, लिग खेल्ने क्लबदेखि माथिल्लो स्तरको टोलीसँग खेल्ने अवसर धेरै भन्दा धेरै हुनु पर्छ। यस्ता खेलले युवा खेलाडीलाई राम्रा अनुभव हुन्छ र हौसला पनि मिल्छ। यस्तै यस्तै विषयमा ध्यान दिइयो भने नेपाली फुटबलले विकासको गति छिटै लिन्छ। विकास गर्न मद्दत गर्दछ। 

-न्यूज एजेन्सी नेपाल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .