ad ad

खेल


युरो कप आजदेखि, कुन–कुन समूहमा परे २४ देश?

युरो कप आजदेखि, कुन–कुन समूहमा परे २४ देश?

नेपालखबर
जेठ २८, २०७८ शुक्रबार ९:३४,

कोरोना भाइरसको महामारीका कारण एक वर्ष स्थगित भएको युरोपेली फुटबलको सर्वोच्च निकाय (यूईएफए) युरोपेली च्याम्पियनसिपको १६औँ संस्करण आज शुक्रबारदेखि सुरु हुँदै छ।

युरो कपको उद्घाटन खेलमा समूह ‘ए’मा रहेको टर्कीले घरेलु मैदानमा इटालीलाई स्वागत गर्दै सुरु हुनेछ।

रोमस्थित ओलम्पिक स्टेडियममा हुने उद्घाटन खेल नेपाली समयअनुसार राति १२ः४५ बजे हुनेछ।

युरोपको सबैभन्दा ठुलो प्रतियोगिता सुरु भएको ६० वर्ष पुगेको अवसरमा युरो कप युरोपका ११ देशको ११ सहरमा आयोजना हुँदै छ।

युरो कप लन्डन, आम्स्टरडम, बाकु, सेभिया, बुचारेस्ट, बुडापेस्ट, कोपनहेगन, ग्लास्गो, म्युनिख, रोम र सेन्ट पिटर्सवर्गमा हुनेछ।

२४ राष्ट्रको सहभागिता रहेको युरोकप आगामी ११ जुनसम्म हुनेछ।

युरो कप फाइनल वेम्बली स्टेडियम लन्डनमा हुनेछ। अन्तिम १६ का खेलहरु ३० जुनदेखि सुरु हुनेछ। क्वार्टरफाइनल खेल भने २ जुलाईदेखि सुरु हुनेछ।

यस्ताे छ समूह विभाजन
समूह ए – इटाली, टर्की, वेल्स र स्विट्जरल्यान्ड
समूह बी –डेनमार्क, फिनल्यान्ड, बेल्जियम र रसिया
समूह सी – नेदरल्यान्डस्, युक्रेन, अष्ट्रिया र नर्थ म्यासेडोनिया
समूह डी – इंग्ल्यान्ड, क्रोएसिया, स्कटल्यान्ड र चेक रिपब्लिक
समूह ई – स्पेन, स्विडेन, पोल्यान्ड र स्लोभाकिया
समूह एफ – हंगेरी, पोर्चुगल, फ्रान्स र जर्मनी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .