ad ad

खेल


फ्रेन्च ओपन टेनिस : सेमिफाइनलमा जोकोभिच र नाडाल भिड्ने

फ्रेन्च ओपन टेनिस : सेमिफाइनलमा जोकोभिच र नाडाल भिड्ने

नेपालखबर
जेठ २७, २०७८ बिहिबार ४:५,

शीर्ष वरियताका सर्वियन नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन्।

बुधबार राति भएको खेलमा नोभाक जोकोभिचले इटालियन माटियो बेरारटिनीलाई ३–१ को सेटमा हराउँदै तेस्रो वरियताका स्पेनिस राफयल नाडालसँगको भेट पक्का गरेका हुन्।

गत वर्ष यी दुई खेलाडी फाइनलमा भिडेमा थिए। जोकोभिचलाई हराउँदै नाडाल च्याम्पियन बनेका थिए।

३४ वर्षीय जोकोभिचले सुरुवाती दुई सेटमा ६–३ र ६–२ को सहज जित हासिल गरे पनि तेस्रो सेट गुमाउन पुगे। तेस्रो सेट ६–७ ले गुमाएका जोकोभिचले चौथो सेटमा उत्कृष्ट पुनरागमन गर्दै ७–५ ले जित हासिल गरे।

गएराति नै भएको अर्को क्वार्टरफाइनलमा राफयल नाडालले १०औं वरियताका अर्जेन्टनी डिएगो स्वार्टजमानलाई ३–१ को सेटमा पराजित गर्दै १४औं पटक फ्रेन्च ओपनको सेमिफाइनलमा पुगेका हुन्। नाडालले ६–३, ४–६, ६–४ र ६–० ले जित निकाले।

फ्रेन्च ओपनको अर्को सेमिफाइनलमा ग्रिसका स्टेफानोस सिट्सिपास र जर्मनीका एलेसान्दर जेभेरेभ खेल्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .