ad ad

खेल


खेल क्षेत्रका अग्रपंक्तिमा खट्ने व्यक्तिलाई खोप लगाउने स्वास्थ्यमन्त्रीको आश्वासन

खेल क्षेत्रका अग्रपंक्तिमा खट्ने व्यक्तिलाई खोप लगाउने स्वास्थ्यमन्त्रीको आश्वासन

नेपालखबर
जेठ २६, २०७८ बुधबार ८:६,

स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले आगामी दिनमा कोभिड–१९ विरुद्धको खोपमा फ्रन्टलाइनमा खट्ने खेल क्षेत्रका व्यक्तिहरुलाई पनि प्राथमिकता दिइने बताएका छन्।

बुधबार नेपाल खेलकुद महासंघको ज्ञापन पत्र बुझ्दै मन्त्री तामाङले केही दिनमै कोभिड–१९ विरुद्धको खोपको सन्दर्भमा सकारात्मक समाचार आउने बताउँदै आगामी दिनमा फ्रन्टलाइनमा खट्ने खेल क्षेत्रका व्यक्तिहरुलाई पनि प्राथमिकता दिइने बताएका हुन्।

उनले सरकार कोभिड १९ सँगसँगै अन्य रोगको उपचार पनि जनतालाई कसरी सहज बनाउन सकिन्छ भनेर लागिरहेको बताए।

उनले भने, ‘खोपलाई प्राथमिकताका साथ अगाडि बढाएका छौँ। आएको खोपको सीमितताको कारणले उमेर समूहलाई छुट्याएर गरिरहेका छौँ। सम्भवत्ः केही दिनभित्रै कोभिडको भ्याक्सिनसम्बन्धी सकारात्मक समाचार तपाईंहरुले पाउनुहुनेछ।’

पहिले फ्रन्टलाइनमा खट्ने सञ्चारकर्मी, पत्रकारलाई लगाइए पनि खेलाडी, खेलकुद क्षेत्र प्रवेश गर्न नसकेकोले अब ध्यान दिने उनले बताए।

‘तर अब यस्ता विभिन्न क्षेत्रलगायत फ्रन्टलाइनमा खटिरहनुभएको छ। उहाँहरुलाई पनि लक्षित गरी भ्याक्सिनको परिणाम बढी ल्याउन सक्यौँ भने त्यो पनि ध्यान दिन्छौँ’, उनले भने, ‘कोभिडसँगै अन्य उपचार कसरी जनतालाई सहज बनाउन सकिन्छ, जनता उपचार अभावमा मर्नु नपरोस् भन्ने ग्यारेन्टी कसरी गर्न सकिन्छ भनेर अध्ययन गरेर अगाडि बढेका छौँ।’

मन्त्री तामाङलाई ज्ञापनपत्र बुझाउँदै नेपाल खेलकुद महासंघले खेलाडी लगायत खेल क्षेत्रका लागि काठमाडौं उपत्यकामा ५ हजार मात्रा र प्रदेश र जिल्लामा आवश्यकता अनुसार कोभिड – १९ विरुद्धको खोप उपलब्ध गराउन सरकारसँग अनुरोध गरेको छ ।

त्यसैगरी आगामी दुई महिनाभित्र प्रत्येक नागरिकले खोप लगाउन सक्ने गरी व्यवस्था गर्न, पीसीआर परीक्षणलाई सहज र फराकिलो बनाउन, खेलकुद क्षेत्रलाई प्राथमिकता दिइ राष्ट्रिय खेलकुद परिषद् त्रिपुरेश्वरमा खोप केन्द्र सञ्चालन गर्न महासंघले अनुरोध गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .