मेस्सीले हालसम्म अर्जेन्टिनाबाट ७२ गोलगर्दा सुनिल क्षेत्रीले भारतका लागि मेस्सीले भन्दा २ गोल बढी अर्थात् ७४ गोल गरेका हुन्।
सोमबार राति भएको विश्वकप छनौट चरणको खेलमा क्षेत्रीले दुई गोलगर्दा उनी मेस्सीभन्दा अगाडि पुगेका हुन्।
फिफाका अनुसार उनी अन्तर्राष्ट्रिय फुटबलमा सक्रिय गोलकर्ताको दोस्रो स्थानमा पुगेका छन्।
१ सय ३ गोल गरेका पोर्चुगलका क्रिस्टियानो रोनाल्डो भने सक्रिय गोलकर्ताको सूचीमा १ सय ३ गोलसहित शीर्ष स्थानमा छन्।
हालै अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले चिलीविरुद्ध पेनाल्टीमा गोल गर्दै गोल आफ्नो अन्तर्राष्ट्रिय गोलसंख्या ७२ पुर्याउन सफल भएका थिए।
प्रतिक्रिया