विश्वकप छनोट-२०२२ र एसियन कप-२०२३ अन्तर्गत जारी जोर्डनविरुद्धको खेलको पहिलो हाफमा नेपाल १-० ले पछि परेको छ।
खेलको २४औं मिनेटमा जोर्डनले पेनाल्टीमार्फत बनाएको अग्रता पहिलो हाफको एकमात्रै गोल रह्यो।
नेपालका रक्षक रोहित चन्दले पेनाल्टी एरियामा जोर्डनका खेलाडीमाथि फउल गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए।
उक्त पेनाल्टीलाई बहा फैजल सेफले गोलमा परिणत गर्दै जोर्डनलाई अग्रता दिलाए।
समूह चरणमा नेपाल ६ अंकसहित चौथो स्थानमा छ। शीर्ष स्थानको अष्ट्रेलियाको १५ अंक छ भने दोस्रो स्थानको कुवेत र तेस्रो स्थानको जोर्डनको समान १० अंक छ। जित विहीन चाइनिज ताइपेइ अंक विहीन छ।
छनोट चरणको अन्तिम खेलमा नेपालले जेठ २८ गते अष्ट्रेलियासँग खेल्दै विश्वकप २०२२ र एसिया कप २०२३ को छनोट यात्रा सक्नेछ।
प्रतिक्रिया