ad ad

खेल


च्याम्पियन्स लिग फाइनलमा आजराति सिटी र चेल्सी भिड्दै, १६ हजार ५०० दर्शक उपस्थित हुने

च्याम्पियन्स लिग फाइनलमा आजराति सिटी र चेल्सी भिड्दै, १६ हजार ५०० दर्शक उपस्थित हुने

नेपालखबर
जेठ १५, २०७८ शनिबार ११:२२,

उपाधिका लागि हुने खेलमा दुई इंग्लिस क्लब चेल्सी र म्यानचेस्टर सिटीबीच प्रतिस्पर्धा हुनेछ।

खेल नेपाली समयअनुसार मध्यराति १२ बजेर ४५ मिनेटमा सुरुवात हुनेछ।

फाइनल खेलमा कोरोना प्रकोपबीच पनि १६ हजार ५ सय दर्शकलाई प्रवेश अनुमति दिईएको छ।

क्लब इतिहासमा नै पहिलो पटक फाइलनमा पुगेको सिटी च्याम्पियन्स लिगको उपाधि जित्न चाहन्छ।

चेल्सी भने सिटीलाई हराउँदै उपाधि आफ्नो पोल्टामा पार्न आतुर छ। तेस्रो पटक फाइनल खेल्न लागेको चेल्सीले सन् २०११–१२ मा उपाधि उचालेको थियो।

Chelsea are managed by Thomas Tuchel (left) while Pep Guardiola is Manchester City's manager

सिटीका प्रशिक्षक स्पेनी पेप ग्वार्डिओलाले बार्सिलोनालाई दुई पटक च्याम्पियन्स लिग विजेता बनाइसकेका छन्।

जर्मन प्रशिक्षक थोमस टचेल भने पहिलो च्यापियन्स लिग जित्न चाहान्छन्।

थोमस गत सिजन पेरिस सेन्ट जर्मन पीएसजीमा थिए। उनले पीएसजीलाई यसै प्रतियोगिताको फाइनलमा पुर्याएका थिए।

तर त्यो सिजन पीएसजी बार्यन म्युनिखसँग पराजित भएर उपविजेता बन्नु परेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .