ad ad

खेल


सुपर लिगमा भोलिदेखि प्ले–अफ चरणका खेल, शनिबार फाइनल

सुपर लिगमा भोलिदेखि प्ले–अफ चरणका खेल, शनिबार फाइनल

नेपालखबर
बैशाख २७, २०७८ सोमबार १०:७,

नेपाल सुपर लिग (एनएसएल) प्ले–अफ चरणका खेलहरु मगंलबारदेखि सुरु हुँदै छ।

प्ले–अफको पहिलो खेलमा भोलि शीर्ष स्थानको काठमाडौं रेजर्स र दोस्रो स्थानको धनगढी एफसी खेल्नेछन्।

यो खेलको विजेताल सिधै फाइनलमा स्थान बनाउँदा पराजित टोेलीले भने एलिमिनेटर खेल्ने मौका पाउनेछ।

लिगको ६ खेलमा ४ मा जित एकमा बराबरी र एक खेलमा हार भोगेको काठमाडौ १३ अंक जोड्दै शीर्षस्थानमा रहेर प्लेअफमा पुगेको थियो।

यता ३ खेलमा जित, १ मा बराबरी र दुई खेलमा पराजित धनगढी एफसी भने १० अंकमा दोस्रो स्थानमा रहेर प्लेअफमा पुगेको थियो।

लिग चरणको खेलमा धनगढीले काठमाडौलाई ३–० को फराकिलो अन्तरले हराएको थियो।

भोलिको खेलमा धनगढी सोही नतिजालाई दोहोराउने योजनामा हुँदा काठमाडौ भने लिग चरणको हारको बदला लिन चाहन्छ।

दोस्रो प्ले अफको खेलमा पर्सि तेस्रो स्थानमा रहेको ललितपुर र चौथो स्थानमा रहेको बुटवल लुम्बिीनीसँग बुधबार खेल्नेछ। यो खेलको विजेताले पहिलो खेलमा पराजित टोलीसँग एलिमिनेटरमा खेल्नेछ। लिग चरणमा ललितपुरले बुटवललाई १–० ले पराजित गरेको थियो।

फाइनल खेल शनिबार हुनेछ।

लिगको विजेताले ३५ लाख तथा उपविजेताले १५ लाख रुपैयाँ पाउनेछन्। व्यक्तिगत विधाका विजेता तथा एक जना उदीयमान खेलाडीले जनही १ लाख रुपैयाँ पाउनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .