ad ad

खेल


सुपर लिगमा आज लिग चरणको अन्तिम खेल, काठमाडौंविरुद्ध चितवन भिड्ने

सुपर लिगमा आज लिग चरणको अन्तिम खेल, काठमाडौंविरुद्ध चितवन भिड्ने

नेपालखबर
बैशाख २६, २०७८ आइतबार ८:३५,

नेपाल सुपर लिग (एनएसएल) मा आइतबार लिग चरणको अन्तिम खेल हुँदै छ।

काठमाडौंको दशरथ रंगशालामा हुने खेल साँझ साढे ५ बजे सुरु हुनेछ। लिग चरणको अन्तिम खेलमा काठमाडौ रेजर्स र एफसी चितवन खेल्दैछन्।

५ खेलमध्ये ३ मा जित र १ मा हार तथा एक खेलमा बराबरी गरेको काठमाडौं १० अंकमा दोस्रो स्थानमा रहँदै यसअघि नै प्लेअफमा स्थान बनाइसकेको छ।

उता उपाधि होडबाट बाहिरिएको चितवन काठमाडौलाई हराउँदै सुखद अन्त्य गर्न चाहन्छ। लिगमा चितवनले एक खेलमा पनि जित निकाल्न सकेको छैन।

५ खेलमध्ये २ मा बराबरी र ३ खेलमा हार भोगेको चितवन २ अंकमा तालिकाको पुछारमा छ।

लिगमा धनगढी एफसी, काठमाडौ, ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी प्लेअफमा पुगिसकेका छन्। पोखरा थन्डर्स, विराटनगर सिटी एफसी र चितवन भने बाहिरिसकेका छन्। पोखरा पाँचौ र विराटनगर छैटौं स्थानमा रहेर लिगको यात्रा टुङग्याएका हुन्।

धनगढी र काठमाडौं एक खेलअघि नै प्लेअफमा छनोट भइसकेका थिए।

शीर्ष स्थानमा रहेको धनगढी र काठमाडौले फाइनल प्रवेशका लागि मगंलबार खेल्नेछन्। त्यसको विजेताले सिधै फाइनलमा स्थान बनाउँदा पराजित टोेलीले भने एलिमिनेटर खेल्ने मौका पाउनेछ।

तेस्रो स्थानमा रहेको ललितपुर र चौथो स्थानमा रहेको बुटवल बुधबार खेल्नेछन्। यो खेलको विजेताले फाइनल प्रवेशका लागि एलिमिनेटर खेल्नेछ। त्यसको विजेताले आगामी शनिबार फाइनल खेल्नेछ।

लिगको विजेताले ३५ लाख तथा उपविजेताले १५ लाख रुपैयाँ पाउनेछन्। व्यक्तिगत विधाका विजेता तथा एक जना उदीयमान खेलाडीले जनही १ लाख रुपैयाँ पाउनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .