बार्साले नेमारलाई ल्याउने चाहना देखाइरहँदा नेमार पीएसजीमै खुशी देखिएका हुन्।
नेमारले पीएसजीसँग थप चार वर्षको लागि सम्झौता गरेको मार्काले जनाएको छ।
नेमार र पीएसजीबीच सन् २०२५ सम्मको सम्झौता भएको हो। नेमार पीएसजीमा आएसँगै उनले क्लबलाई १० उपाधि दिलाउन मद्दत गरेका छन्।
यद्यपी च्याम्पियन्स लिग भने उनले जिताउन सकेका छैनन्।
गत सिजन च्याम्पियन्स लिगको फाइनलमा बायर्न म्युनिखसँग पराजित पीएसजी यस सिजन भने सेमिफाइनलमा म्यानचेस्टर सिटीसँग पराजित भएको थियो।
प्रतिक्रिया