ad ad

खेल


ला लिगामा आज दुई उपाधि दाबेदार बार्सा र एथ्लेटिकोबीच प्रतिस्पर्धा, स्वारेजलाई सम्मान गरिँदै

ला लिगामा आज दुई उपाधि दाबेदार बार्सा र एथ्लेटिकोबीच प्रतिस्पर्धा, स्वारेजलाई सम्मान गरिँदै

नेपालखबर
बैशाख २५, २०७८ शनिबार ८:४६,

३४ चरणको खेल सम्पन्न भइसक्दा ला लिगामा अब मात्र ४ खेल बाँकी छ। यसबीचमा एथ्लेटिको मड्रिड, रियल मड्रिड र बार्सिलोना यो प्रतिस्पर्धाको मुख्य दाबेदार हुन्।

हाल ३४ खेल सम्पन्न भइसक्दा एथ्लेटिकोको ७६ र रियल मड्रिड तथा बार्सिलोनाको समान ७४–७४ अंक छ।

शनिबार नेपाली समयअनुसार राति ८ बजे बार्सिलोनाले एथ्लेटिको मड्रिडसँग घरेलु मैदानमा प्रतिस्पर्धा गर्दैछ।

खो खेलमा हुने हार जितले को विजेता बन्ने भन्ने लगभग सुनिश्चित हुने भएकाले यस खेललाई महत्वपूर्ण मानिएको छ।

यदी बार्साले एथ्लेटिकोलाई जिते बार्सा शीर्ष स्थानमा उक्लनेछ र उसको ७७ अंक हुनेछ। यो भनेको शीर्ष स्थानको एथ्लेटिकोको भन्दा एक अंक बढी हो।

तर बार्सा खेल हारे उसले उपाधि उचाल्ने सम्भावना लगभग समाप्तजस्तै हुनेछ।

Luis Suarez In Tears After Leaving Barcelona's Training Ground For The Last  Time - SPORTbibleस्वारेज

खेल अगाडि स्वारेजलाई सम्मान

मार्काका अनुसार बार्सा र एथ्लेटिकोबीचको खेल अगाडि पूर्व बार्सा तथा वर्तमान एथ्लेटिकोका फरवार्ड लुइस स्वारेजलाई सम्मान गरिनेछ।

स्वारेजले बार्सामा ६ सिजन बिताएर च्याम्पियन्स लिग, घरेलु लिग लगायत जितेका थिए। स्वारेजले बार्सालाई दिएको योगदानको कदर गर्दै बार्साले घरेलु मैदानमा उसको सम्मान गर्न लागेको हो।

गत सिजन स्वारेजलाई पूर्व क्लब प्रमुख जोसेप मारिया बार्टेमेउले बार्साबाट विदा गरेका थिए।

स्वारेजको विदाई त्यसबेला राम्रोसँग गरिएको थिएन। त्यसकारण नयाँ क्लब प्रमुख परिवर्तन भइसकेको अवस्थामा महत्वपूर्ण खेल अगाडि स्वारेजको सम्मान गर्न लागिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .