आईसीसी वुमन्स टी–२० विश्वकप एसिया छनोट आगामी नोभेम्बरमा हुने भएको छ।
प्रतियोगिता नोभेम्बर २२ देखि २८ सम्म मलेसियामा हुने आईसीसीले जनाएको छ।
सो प्रतियोगिता यसअघि सेप्टेम्बर २० देखि २६ सम्म हुने भनिएको थियो। तर कोरोना महामारीको कारण स्थगित भएको थियो।
प्रतियोगितामा नेपालसहित भुटान, चीन, हङकङ, कुवेत, म्यान्मार, मलेसिया र यूएई गरि आठ देश सहभागी हुनेछन्।
सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने टी–२० विश्वकपका लागि नेपालले एसिया छनोट खेल्नेछ।
एसिया छनोटको विजेता पाँच क्षेत्रबीच हुने ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्नेछन्।
ग्लोबल छनोटका शीर्ष दुई टोलीले दक्षिण अफ्रिकामा हुने टी–२० विश्वकपमा स्थान बनाउनेछन्।
3
Shares
प्रतिक्रिया