ad ad

खेल


प्रशिक्षकले छाडेपछि सुपर लिगमा ललितपुरकाे पहिलो जित

प्रशिक्षकले छाडेपछि सुपर लिगमा ललितपुरकाे पहिलो जित

नेपालखबर
बैशाख २३, २०७८ बिहिबार १०:५९,

ललितपुर सिटी एफसी काठमाडौंमा जारी नेपाल सुपर लिग फुटबलको चौथो स्थानमा पुगेको छ।

आज दशरथ रंगशालामा भएको खेलमा बुटवल लुम्बिनीलाई शून्यका विरुद्ध १ गोलले पराजित गर्दै ललितपुरले जारी लिगमा पहिलो जित दर्ता गरेको हो।

खेलको पाँचौँ मिनेटमा नुर्लन नरुजु जाहिदले गरेको एक मात्र गोल खेलको निर्णायक बन्यो।

योसँगै ललितपुरले लिगमा जितको खडेरी तोड्न सफल भएको छ। लिगमा बुटवल पाँचौँ स्थानमा छ।

लिगका चार खेलमा एक जित पनि निकाल्न नसकेपछि प्रशिक्षक प्रदीप हुमागाईंले राजीनामा दिएका थिए। उनको राजीनामापछि सहायक प्रशिक्षक राजु तामाङले नै आजको खेलको लागि प्रशिक्षण सम्हालेका थिए।

आज हारेको भए ललितपुर लिग चरणबाटै बाहिरिने थियो।

आज साँझ नै काठमाडौं रेजर्स फुटबल क्लब र विराटनगर सिटी एफसी खेल्दै छन्। लिगमा विराटनगर दोस्रो र काठमाडौं तेस्रो स्थानमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .