ad ad

खेल


च्याम्पियन्स लिग : फाइनल प्रवेशका लागि चेल्सी र रियल मड्रिड भिड्दै

च्याम्पियन्स लिग : फाइनल प्रवेशका लागि चेल्सी र रियल मड्रिड भिड्दै

नेपालखबर
बैशाख २२, २०७८ बुधबार ११:२७,

यूईएफए च्याम्पियन्स लिगको फाइनल प्रवेशका लागि बुधबार राति इंग्लिस क्लब चेल्सी र स्पेनिस क्लब रियल मड्रिड भिड्दै छन्।

सेमिफाइनलको दोस्रो लेग चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा राति पौने १ बजे हुनेछ।

पहिलो लेगमा १–१ गोलको बराबरी गरेका दुवै टोली फाइनल पुग्न स्पष्ट जितको खोजीमा हुनेछन् ।

घरेलु मैदानमा गोलरहित बराबरीमा रोक्नसके पनि आफू फाइनल पुग्ने भएकाले रियलको तुलनामा चेल्सी केही सहज अवस्थामा छ। तर २३ वर्षयता चेल्सीले रियल मड्रिडलाई हराउनसकेको छैन।

सन् १९९८ मा भएको यूईएफए कपको फाइनलमा चेल्सीले रियललाई पराजित गर्दै उपाधि उचालेको थियो।

तर त्यसयता भएका तीन भेटमा चेल्सी जितबिहिन छ भने एक खेल बराबरीमा टुंगिएको छ।

आफ्ना पछिल्ला पाँच खेलमा दुवै टोलि अपराजित छन्। रियलले पछिल्ला दुई खेलमा जित र तीन खेल बराबरी खेलेको छ भने चेल्सीले तीन जित र दुई बराबरी गरेको छ।

रियल मड्रिड च्याम्पियन्स लिगको सर्वाधिक विजेता हो। उसले १३ पटक लिग उपाधि जितिसकेको छ। चेल्सीले भने अहिलेसम्म एक पटक मात्रै याने उपाधि उचालेको छ।

चेल्सीले सन् २०११ मा बायर्नम्युनिखलाई फाइनलमा पराजित गर्दै पहिलो पटक उपाधि उचालेको थियो। त्यसपछि चेल्सी फाइनलमा पुग्न सकेको छैन।

त्यसअघि पहिलो पटक सन् २००७ मा फाइनल पुगेपनि म्यानचेस्टर युनाइटेडसँग पराजित भएको थियो।

रियल मड्रिड भने दुई सिजनपछि पुनः उपाधि होडमा फर्किने दाउमा छ।

आजको खेलको विजेताले उपाधिका लागि इंग्लिस क्लब म्यानचेस्टर सिटीको सामना गर्नेछ। फाइनल भिडन्त २९ मे मा हुनेछ।

गएराति भएको खेलमा सिटीले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) लाई समग्रमा ४–१ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ।

पहिलो लेगमा २–१ को नतिजा निकालेको सिटीले दोस्रो लेगमा पीएसजीलाई २–० ले हराएको थियो। पहिलो पटक फाइनलमा पुगेको सिटी उपाधि उचाल्दै इतिहास रच्ने दाउमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .