ad ad

खेल


आईसीसीको महिना उत्कृष्ट खेलाडीको मनोनयनमा परे कुशल भुर्तेल

आईसीसीको महिना उत्कृष्ट खेलाडीको मनोनयनमा परे कुशल भुर्तेल

नेपालखबर
बैशाख २२, २०७८ बुधबार ६:५९,

नेपाली राष्ट्रिय टोलीका युवा ओपनर कुशल भुर्तेल अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को महिनाको उत्कृष्ट खेलाडीको मनोनयनमा परेका छन्।

अप्रिल महिनामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरुमध्ये आईसीसीले बुधबार सार्वजनिक गरेको ‘प्लेयर अफ दि मन्थ’मा कुशलसँगै पाकिस्तानका दुई खेलाडीले स्थान बनाएका छन्।

मनोनयनमा परेका खेलाडीलाई आईसीसीको अफिसियल फेसबुक पेजमा गएर भोट गर्न सकिन्छ।

कुशलले घरेलु मैदानमा भएको तीन देश सम्मिलित टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा २ सय ७८ रन बनाएका थिए।

नेपाललाई त्रिकोणात्मक टी–२० सिरिजको उपाधि दिलाउन कुशलले कीर्तिमानी प्रदर्शन गरेका थिए।

डेब्युसहित लगातार तीन खेलमा अर्धशतक प्रहार गर्ने कुशल पहिलो टी–२० आई खेलाडी हुन्। 

कुशलले नेदरल्यान्ड्सको डेब्यु खेलमा ६२ रन बनाएका थिए। दोस्रो खेलमा मलेसियाविरुद्ध ६१ र तेस्रो खेलमा नेदरल्यान्ड्सँग ६२ रन बनाउँदै लगातार तेस्रो अर्धशतक प्रहार गरेका थिए।

चौथो खेलमा मलेसियासँग १६ मात्र बनाएका कुशलले फाइनल खेलमा ७७ रन बनाएका थिए। जुन खेल नेपालले १ सय ४२ रनले हराउँदै सिरिजको उपाधि जितेको थियो।

कुशलसँगै पाकिस्तानका कप्तान बाबर आजम र पाकिस्तानकै ओपनर फखर जमान मनोनयनमा परेका हुन्।

पाकिस्तानका कप्तान बाबर आजमले एक दिवसीय क्रिकेटमा २ सय २८ र टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ३ सय ५ रन बनाएका छन्। टी–२० आई खेलमा दक्षिण अफ्रिकाले दिएको २ सय ४ रनको विशाल लक्ष्य भेट्टाउने क्रममा ५९ बलमा १ सय २२ रनको कीर्तिमानी इनिङ खेलेका थिए।

यसमा उनले १५ चौका र ४ छक्का हानेका थिए।

पाकिस्तानका अर्का ओपनर फखर जमानले जमानले एक दिवसीय क्रिकेटमा ३ सय २ रन बनाएका छन्। जमानले दक्षिण अफ्रिकासँगको एक दिवसीय खेलमा दुई शतक हानेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .