ad ad

खेल


च्याम्पियन्स लिगमा सिटी र पीएसजी भिड्दै, फाइनल पुग्न पीएसजीलाई जित्नै पर्ने दबाब

च्याम्पियन्स लिगमा सिटी र पीएसजी भिड्दै, फाइनल पुग्न पीएसजीलाई जित्नै पर्ने दबाब

नेपालखबर
बैशाख २१, २०७८ मंगलबार ११:१७,

पीएसजी यसअघि भएको पहिलो लेगमा सिटीसँग आफ्नै घरेलु मैदानमा २–१ ले पराजित भएको थियो।

आजराति १२ बजेर ४५ मिनेटमा सुरु हुने खेल सिटीको घरेलु मैदानमा हुँदैछ। पीएसजीले फाइनलमा पुग्न जसरी पनि दुई गोलको अन्तरले जित निकाल्नै पर्ने दबाब छ।

यो च्याम्पियन्स लिग दुवै टोलीको लागि इतिहास रच्ने अवसर हो। पीएसजीलाई जिते सिटी पहिलोपटक च्याम्पियन्स लिगको फाइनलमा पुग्नेछ।

पीएसजी भने यो प्रतियोगितामा एकपटक मात्र फाइनल पुगेको छ। गत सिजन फाइनलमा पीएसजी बार्यनसँग पराजित भएको थियो।

पीएसजीले सिटीलाई जित्दै फाइनल पुगेर त्यो प्रतिस्पर्धा पनि जिते उसले पहिलोपटक च्याम्पियन्स लिगको उपाधि हात पार्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .