नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक डेभ ह्वाटमोर मंगलबार श्रीलंका फर्केका छन्। ह्वाटमोर आज त्रिभुवन विमानस्थलबाट श्रीलंका फर्केका छन्।
नेपालमा कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसँगै भोलिबाट अन्तर्राष्ट्रिय उडान बन्द हुने भएपछि ह्वाटमोर आजै श्रीलंकातर्फ उडेका हुन्।
कोरोना महामारीका कारण क्रिकेटका गतिविधि ठप्प भएपछि अष्ट्रेलिया प्रशिक्षक डेभ ह्वाटमोर एक महिनाका लागि श्रीलंका फर्केको नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए।
ह्वाटमोर गत माघमा नेपाल आएका थिए। उनको प्रशिक्षणमा नेपालले घरेलु मैदानमा नेदरल्यान्ड्सलाई हराउँदै त्रिकोणात्मक टि ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजको उपाधि जितेको थियो।
ह्वाटमोरले राष्ट्रिय टोलीको जिम्मेवारी सम्हालेपछि ब्याटिङ लाइनमा सुधार भएको भन्दै प्रशंसा भैरहेको छ। प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट हेरेपछि उनले युवा खेलाडीलाई समेट्दै टोली बनाएका थिए।
युवा खेलाडीलाई मौका दिएका ह्वाटमोरको प्रशिक्षणमा नेपालले ऐतिहासिक जित निकाल्दै उपाधि जितेको थियो।
प्रतिक्रिया