ad ad

खेल


नेपाल सुपर लिग : बुटवल र काठमाडौं भिड्दै

नेपाल सुपर लिग : बुटवल र काठमाडौं भिड्दै

नेपालखबर
बैशाख २१, २०७८ मंगलबार ९:९,

खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा मंगलबार बुटवल लुम्बिनी एफसी र काठमाडौं रेजर्स भिड्दैछन्।

काठमाडौंको दशरथ रगंशालामा हुने खेल साँझ साढे ५ बजे सुरु हुनेछ।

लिगमा सन्तुलित टोलीको रुपमा देखिएको बुटवल आजको खेलमा काठमाडौंलाई पराजित गर्दै शीर्षस्थानमा उक्लने दाउमा छ। लिगका ३ खेलमध्ये १ खेलमा जित र २ खेलमा बराबरी गरेको बुटवल ५ अंकमा तालिकाको तेस्रो स्थानमा छ।

उता एक खेलमा जित, एकमा हार र एकमा बराबरी गरेको काठमाडौं भने ४ अंकमा तालिकाको पाँचौ स्थानमा छ।

लिगमा विराटनगर ७ अंकमा शीर्ष स्थानमा छ। समान अंक भएपनि हेड टु हेड र गोलअन्तरमा धनगढी दोस्रो स्थानमा छ। ५ अंक भएको पोखरा थन्डर्स चौथो स्थानमा छ। लिगमा जितविहीन ललितपुर सिटी एफसी ३ अंकमा छैटौँ र एफसी चितवन २ अंकमा सातौं स्थानमा छ।

नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा जारी लिगमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी सहभागी छन्।

७ फ्रेन्चाईज शहरका टोली समावेश लिगको विजेताले ३५ लाख तथा उपविजेताले १५ लाख रुपैयाँ पाउनेछन्।विधागततर्फका उत्कृष्ट खेलाडी र उदीयमान खेलाडीले जनही १ लाख रुपैयाँ पाउनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .