ad ad

खेल


आईपीएलका चार टोलीका खेलाडीमा कोरोना देखिएपछि सिजन स्थगित

आईपीएलका चार टोलीका खेलाडीमा कोरोना देखिएपछि सिजन स्थगित

नेपालखबर
बैशाख २१, २०७८ मंगलबार ८:५०,

ईण्डियन प्रिमियर लिग (आइपीएल) का चार टोलीका खेलाडीमा कोरोना संक्रमण देखिएपछि यो सिजन स्थगित गरिएको छ।

कोलकता नाईड राइडर्सका सन्दीप वारियर्स, वरुण चक्रवती, चेन्नई सुपर किंग्सका कोच, सीईयो समेतलाई कोरोना सक्रमण पुष्टि भएको छ।

यस्तै दिल्ली क्यापिटल्सका अमित मिश्रा र सनराईजर्स हैदरावादका विकेटकिपर रिद्धिमान शाहलाई पनि कोरोना सक्रमण देखिएको छ।

खेलाडी र कोचलाई समेत कोरोना सक्रमण देखिएपछि यो सिजन रद्ध गर्ने निर्णय गरिएको छ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्डका उपाध्यक्ष राजिव शुक्लाले भने, ‘यो सिजनको आईपीएल रोकिएको छ। खेलाडी, सपोर्टस् स्टाफ र सहभागीहरुको स्वास्थ्यमा सम्झौता गर्न सकिँदैन।’

यस्तै, आईपीएलका अध्यक्ष वृजेश पटेलले भने, ‘बायो बबलमा कोरोना संक्रमण देखिएपछि आईपीएलको यो सिजन अनिश्चित समयका लागि रोकिएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .