इंग्लिस प्रिमियर लिगमा वेस्ट ह्याम युनाइटेडले बर्नलीलाई २–१ गोल अन्तरले पराजित गरेको छ।
बर्नलीको मैदानमा भएको खेलमा वेस्ट ह्यामले १–० ले पछि परेको स्थिति उल्टाउँदै जितेको हो। वेस्ट ह्यामको जितमा दुवै गोल मिचेल एन्टोनियोले गरे। बर्नलीका लागि क्रिस वुडले गोल गरे।
खेलको १९औं मिनेटमा बर्नलीले पेनाल्टीमार्फत गोल गर्दै अगाडि बढेको थियो।थोमस सौसेकले क्रिस वुडविरुद्ध पेनाल्टी बक्समा फल गरेपछि रेफ्रीले बर्नलीलाई पेनाल्टी दिएका थिए।
त्यसको २ मिनेटमै मिचेल एन्टोनियोले गोल गर्दै खेललाई १–१ गोलको बराबरी बनाए। २९औं मिनेटमा मिचेल एन्टेनियोले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पनि दोस्रो गोल गर्दै वेस्टह्यामलाई २–१ को अग्रता दिलाए।
जितपछि वेस्ट ह्याम ३४ खेलबाट ५८ अंक जोडेर पाँचौ स्थानमा छ। पराजित बर्नली ३६ अंकमा १६औं स्थानमा छ।
गएराति नै भएको अर्को खेलमा वुल्भ्स र वेस्ट ब्रुमले एक/एक गोलको बराबरी गरे। वुल्भ्स ३४ खेलबाट ४२ अंक जोडेर १२औं स्थानमा छ। वेस्ट ब्रुम भने २६ अंकमा १९औं स्थानमा छ।
Shares
प्रतिक्रिया