ad ad

खेल


श्रीलंकाली अलराउन्डर थिसरा परेराले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास

श्रीलंकाली अलराउन्डर थिसरा परेराले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास

नेपालखबर
बैशाख २०, २०७८ सोमबार १०:११,

श्रीलंकाका अलराउण्डर थिसरा परेराले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका छन्।

३२ वर्षीय थिसराले आफ्नो सन्न्यासबारे सोमबार बिहान श्रीलंका क्रिकेटलाई जानकारी गराएका थिए।

परेराले सन् २००९ देखि २०२१ सम्म १ सय ६६ खेलको १ सय ३३ इनिङ्समा २ हजार ३ सय ३८ रन बनाएका छन्।

परेरा स्ट्राइक रेट ११२.०८ मा चौथो स्थानमा छन्। १ सय ४० उच्च स्कोर रहेको परेराको औसत स्ट्राइक रेट १९.९८  छ। जसमा १ शतक, १० अर्धशतक १ सय ७४ चौका र ८४ छक्का समावेश छ।

बलिङतर्फ एक दिवसीय खेलमा परेराले १ सय ७५ विकेट झारेका छन्।

परेराले सन् २००९ मा कोतकतामा भएको इण्डियासँगको खेलबाट एक दिवसीय क्रिकेटमा डेब्यु गरेका थिए।

सन् २०१० मा जिम्बाबेसँगको खेलमा उनले टि ट्वान्टी अन्तराष्ट्रियमा डेब्यु गरेका थिए। ८४ खेलको ७४ इनिङस् खेलेका परेराले १ हजार २ सय ४ रन बनाएका छन्। जसमा ६१ उच्च स्कोर हो।

जसमा ५१ विकेट लिएका छन्। २ सय ९० टि ट्वान्टी खेल खेलेका परेराले २ सय ६० इनिङस्मा २ सय ४३ विकेट लिएका छन्।

टेष्ट क्रिकेटमा भने उनले सन् २०११ मा इंग्ल्याण्डसँगको खेलबाट डेब्यु गरेका थिए।

सन् २०१४ मा आईसीसी टी२० विश्वकप श्रीलंकाले उचाल्दा राष्ट्रिय टोलीमा उनी महत्वपूर्ण सदस्य थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .