ad ad

खेल


खेलाडीमा कोरोना देखिएपछि कोलकाता र बैंग्लोरबीचको खेल स्थगित

खेलाडीमा कोरोना देखिएपछि कोलकाता र बैंग्लोरबीचको खेल स्थगित

नेपालखबर
बैशाख २०, २०७८ सोमबार ९:१६,

खेलाडीमा कोरोना सक्रमण देखिएपछि इण्डियन प्रिमियर लिग (आईपीएल) मा सोमबार रातिका लागि तय कोलकता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैग्लोरबीचको खेल स्थगित भएको छ।

खेल, नरेन्द्र मोदी स्डेडियम अहमावादमा साँझ पौने ८ बजे हुने तालिका थियो।

कोलकताका स्पिनर वरुण चक्रवती र तीव्र गतिका बलर सन्दीप वारियरलाई कोरोना सक्रमण पोजेटिभ देखिएपछि खेल स्थगित गरिएको आईपीएलले जनाएको छ।

आईपीएलको २०२१ को यो सिजनमा खेलाडीलाई कोरोना सक्रमण देखिएको यो पहिलो पटक हो।

भारतमा पछिल्लो समय कोरोना सक्रमण तिव्र रुपमा फैलेसँगै विदेशी खेलाडी र अम्पाएरले आईपीएल छाड्न चाहिरहेका छन्।

आईपीएलमा ७ खेल खेलेको बैग्लोर ५ मा जित र २ खेलमा हार भोग्दै १० अंकमा तेस्रो स्थानमा छ। समान अंक भएको चेन्नई सुपर किग्स नेट रन रेटका आधारमा दोस्रो स्थानमा छ,

२ खेलमा जित र ५ खेलमा हार भोगेको कोलकोता नाइट राइडर्स ४ अंकमा पुछारबाट दोस्रो स्थानमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .