ad ad

खेल


ला लिगाः बार्सिलोनाको उपाधि होड कायमै

ला लिगाः बार्सिलोनाको उपाधि होड कायमै

नेपालखबर
बैशाख २०, २०७८ सोमबार ५:३८,

क्याटलान क्लब बार्सिलोनाले भ्यालेन्सियालाई पराजित गर्दै स्पेनिस ला लिगामा उपाधि होडलाई जीवितै राखेको छ।

ला लिगाको उपाधि होडमा एट्लेटिको मड्रिड, रियल मड्रिड र बार्सिलोना र सेभिया छन्।

३४ खेलबाट ७६ अंक जोडेको एट्लेटिको मड्रिड शीर्ष स्थानमा छ। समान खेलबाट ७४ अंक जोडेको रियल मड्रिड दोस्रो स्थानमा रहँदा समान अंक भए पनि हेड टु हेडमा बार्सिलोना तेस्रो स्थानमा छ।

एक खेल कम खेलेको सेभिया ७० अंकमा चौथो स्थानमा छ।

आइतबार राति भएको खेलमा बार्सिलानाका लागि लियोनल मेस्सीले २ तथा एन्टोइन ग्रिजमनले १ गोल गरे।

घरेलु टोली भ्यालेन्सियाका गाब्रियल पाउलिस्टा र कार्लोस सोलेरले गोल फर्काए।

barcelona upadhi hod2

पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा सबै गोल दोस्रो हाफमा सम्भव भएको हो। बार्सिलोनाले १ गोलले पछि परेको स्थिति उल्ट्याउँदै जित निकालेको हो।

खेलको ५०औँ मिनेटमा गाब्रियल पाउलिस्टाको गोलबाट भ्यालेन्सियाले अग्रता लिएको थियो। मेस्सीको प्रहारलाई टोनी लाटोले पेनाल्टी बक्समा ह्यान्ड गरेपछि बार्सिलानाले पेनााल्टी पाएको थियो।

खेलको ५७औँ मिनेटमा पेनाल्टीमा गोल गर्न नसके पनि त्यसमै रिवाउन्डमा गोल गरे।

६३औं मिनेटमा एन्टोनी ग्रिजम्यानले गोल गर्दै बार्सिलोनालाई २–१ को अग्रता दिलाए। ६९औं मिनेटमा मेस्सीले फ्रिकिकमा सिधै गोल गर्दै बार्सिलोनालाई ३–१ को स्थितिमा ल्याए।

८३औँ मिनेटमा कार्लोस सोलेरले गोल गर्दै खेललाई ३–२ को अवस्थामा ल्याए। त्यसपछि थप गोल हुन सकेन र बार्सिलानाले जित निकाल्यो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .