ad ad

खेल


के हो नेमारमाथि लागेको बलात्कार आरोपको काण्ड?

के हो नेमारमाथि लागेको बलात्कार आरोपको काण्ड?

नेपालखबर
जेठ ३१, २०७६ शुक्रबार २:२१,

बलात्कारको आरोप खेपिरहेको ब्राजिलका फुटबल स्टार नेमार आफ्नो वयानका लागि रियो दि जेनिरियोस्थित प्रहरी कार्यालयमा उपस्थित भएका छन्।

नेमारले प्रहरी सामु आफूमाथि लागेको बलात्कारको आरोपलाई अस्वीकार गर्दै आफ्नो समर्थनमा प्रहरी चौकी बाहिर उपस्थित समर्थकहरुलाई धन्यवाद दिएका थिए।

ट्रिर्नेड नायक युवतीले गत शुक्रबार ब्राजिलको एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै नेमारमाथि बलात्कारको आरोप लगाएकी थिइन्।

नेमारका वकिल मारिया फर्नान्डेसले नेमारले प्रहरीलाई वयान दिएको उल्लेख गर्दै आफूहरुले न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्।

प्रहरी कार्यालयको ढोकाबाट बोल्दै नेमारले विश्वभरबाट आफूलाई समर्थन गर्ने सम्पूर्णलाई धन्यवाद दिएका थिए।

घटना के हो?
ब्राजिलकी ट्रिर्नेडले नेमारलाई इन्स्टाग्राममा भेटेकी थिइन्। ब्राजिलको च्यानललाई दिएको अन्तर्वार्तामा उनले भनेकी छिन्, ‘कुराकानीका क्रममा मलाई नेमारले आकर्षित गरे र मलाई उनीसँग यौनसम्पर्क राख्ने इच्छा जाग्यो। त्यसैका लागि म आफ्नो खर्चमा नेमारलाई भेट्न पेरिस गएकी थिए। तर, जब मैले नेमारलाई भेटाए उनी आक्रामक भए। म्यासेजमा कुरा भएको भन्दा बेग्लै भेटिए।’

‘म शुरुमा सेक्सका लागि तयार भए तर पछि कन्डम लगाउन अनुरोध गरे,’ उनले थपेकी छिन्, ‘तर, नेमारले अस्वीकार गर्दै आक्रामक हुँदै ममाथि बलात्कार गरे। मैले नेमारलाई छोड्न भने तर उनले मानेनन्।’

ट्रिर्नेडले यस घटनालाई बलात्कारसँगै हमलाको संज्ञा दिएकी छिन्। उक्त अन्तर्वार्तालाई टेलिभिजनले ट्रिटरमा समेत पोस्ट गरेको छ।

होटलको कोठाको त्यो भिडियो

नेमार र ती युवतीबीचको होटलको कोठामा भएको घटनाको एक भिडियो फुटेज समेत सार्वजनिक भएको छ। उक्त भिडियो ती युवतीले खिचेको बताइन्छ।

भिडियोको दृश्य अनुसार दुबै जना कोठाको बेडमा सुत्छन् र केही सेकेन्डपछि ती युवती नेमारलाई झापड हान्न थाल्छिन्। नेमार भने खुट्टाले आफ्नो बचाउ गर्छन्।
उक्त भिडियोमा ती महिलाले भन्छिन्, ‘हिजो तिमीले मलाई गरेको व्यवहारका कारण आज मैले तिमीलाई हानेकी हुँ।’ नेमारले पनि ती युवतीसँग दुईपटक भेटेको बताएका छन्।

दोस्रो चोटी नेमारलाई भेट्न जानुको कारण अन्तर्वार्तामा खोल्दै उनले भनेकी छिन्, ‘पहिलो भेटपछि मैले ममाथि के भइरहेको छ भन्ने बुझे। अनि दोस्रो भेटका लागि फकिनुको कारण चाहीँ म ममाथि भएको घटनालाई प्रमाणित गर्न चाहान्थे र न्याय चाहान्थे।’

के भन्छन् नेमार?

ती युवतीले बलात्कारको आरोप लगाएपछि नेमारले इन्स्टाग्राम एउटा भिडियो पोस्ट गर्दै ती युवतीसँग भएको बार्तालाप सार्वजनिक गरेका छन्।

उनले भिडियोमै सारा म्यासेजहरु देखाएका छन्। भिडियोमा ती महिलाले नेमारलाई अश्लिल भिडियो तथा नग्न तस्बीरहरु पठाएको देखिन्छ।

नेमारले आफूमाथि लागेको बलात्कारको आरोप झुठो भएको बताएका छन्। ‘यो पासोमा पारिएको हो। यसले भविष्यमा सचेत हुन मलाई मद्दत गरेको छ।’ नेमारले भिडियोमा भनेका छन्।

भिडियो सार्वजनिक गर्नु अगाडि नेमारले भनेका थिए,‘प्रकाशित भएका समाचारले नकरात्मक परिस्थितिको सृजना गरिदिएको छ। म यस आरोपको खण्डन गर्दछु, यो अन्यायपूर्ण आरोप हो।’

एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .