खेल


टोलीले जित निकाल्न नसकेपछि ललितपुरका प्रशिक्षक हुमागाईंले दिए राजीनामा

टोलीले जित निकाल्न नसकेपछि ललितपुरका प्रशिक्षक हुमागाईंले दिए राजीनामा

नेपालखबर
बैशाख १९, २०७८ आइतबार १४:५१,

सुपर लिग टोली ललितपुर सिटी एफसीका प्रशिक्षक प्रदीप हुमागाईंले पद छोडेका छन्।

आज भएको पोखरा थन्डर्ससँगको बराबरीलगत्तै हुमागाईंले फेसबुकमा स्टाटस लेख्दै प्रशिक्षकबाट राजीनामा दिएको बताएका हुन्।

उनले भनेका छन्, ‘मैले आफ्नो राजीनामा पत्र क्लबलाई बुझाएको छु, सहयोगका लागि सबैलाई धन्यवाद।’

With respect I have submitted my resignation paper to the club thank you for your support and all all the team . Long way to go Awasome support and I am the responsible person for our performance sry .

Posted by Pradip Humagai on Sunday, May 2, 2021

उनले लिगलाई संकेत गर्दै अझै लामो यात्रा बाँकी रहेको उल्लेख गरेका छन्। ‘अथाह सहयोग भए पनि हाम्रो खेल प्रस्तुतिका लागि म नै जिम्मेवार व्यक्ति हुँ, माफ गर्नुहोला’, उनले भनेका छन्।

हुमागाईंको टोली ललितपुरले चार खेल खेल्दा एक जित पनि निकाल्न नसकेपछि उनले राजीनामा दिएका हुन्। ललितपुरले तीनवटा बराबरी र एकमा हार व्यहोर्दै जारी लिगमा ३ अंकमात्र बटुल्नसकेको छ।

rajinama humagai2021

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .