नेमारले आफ्नो इच्छा मेस्सीसँगै बार्सामा फेरि खेल्ने भएको जनाएका थिए। मेस्सीले पनि नेमारलाई बार्सामा फेरि ल्याउनुपर्छ भनेर बार्साका प्रमुखसँग आग्रह गरेका थिए।
यद्यपी त्यसबेलाका बार्साका प्रमुख जोसेप मारिया बार्टेमेउले नेमार पुनः अनुबन्ध गर्न चासो देखाएनन्। नेमारको स्थानमा बार्सामा फ्र्यांकी डि योङ र एन्टोनी ग्रिजम्यान भित्रिए।
तर यतिबेला परिस्थिती फेरिएको छ। बार्साको प्रमुखमा नयाँ व्यक्ति नियुक्त भएका छन्। यतिबेला बार्साले नेमार अनुबन्ध गर्न चाहिरहेको छ।
आरएसी१ का अनुसार बार्साले पीएसजीसँग नेमार अनुबन्ध गर्ने विषयमा छलफल गरेको छ। त्यसको लागि बार्साले जतिपनि रकम तिर्न तयार छ।
यद्यपी पीएसजीले बार्साको अफर अस्वीकार गरेको छ। नेमार आफैंले पनि पीएसजीमै बस्नका लागि सम्झौता लम्ब्याउने मनसाय बनाएको बताइएको छ। मार्का
प्रतिक्रिया