स्टार अर्जेन्टिनी फुटबलर लियोनल मेस्सी विश्वमा सर्वाधिक पैसा कमाउने खेलाडी बनेका छन्।
फोर्ब्सले सार्वजनिक गरेको रिपोर्टका अनुसार लियोनल मेस्सी अर्का स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै विश्वमा सबैभन्दा बढी पैसा कमाउने खेलाडी बनेका हुन्।
बार्सिलोना फुटबल क्लबका कप्तान मेस्सीले गत १२ महिनाको अवधिमा १ सय २७ मिलियन अमेरिकी डलर कमाएको फोर्ब्सले उल्लेख गरेको छ।
पोर्चुगिज कप्तान तथा युभेन्ट्सका स्टार फुटबलर रोनाल्डोले १ सय ९ मिलियन अमेरिकी डलर कमाएको जनाइएको छ।
मेस्सीले गएको सात वर्षमा ४ पटक सर्वाधिक पैसा कमाउने बक्सिङ च्याम्पियन फ्लोयड मे वेदरलाईसमेत यस सूचीमा जितेका छन्। फोर्ब्स
3
Shares
प्रतिक्रिया