ad ad

खेल


सुपर लिग : धनगढी र ललितपुरले अंक बाँडे

सुपर लिग : धनगढी र ललितपुरले अंक बाँडे

नेपालखबर
बैशाख १६, २०७८ बिहिबार १५:४३,

नेपाल सुपर लिगमा धनगढी एफसी र ललितपुर सिटी एफसीले बराबरी गर्दै अंक बाँडेका छन्। काठमाडौको दशरथ रगंशालामा भएको खेलमा दुवै टोलीले १–१को बराबरी गोल गर्दै अंक बाँडे।

धनगढीले लिगमा पहिलो बराबरी गरेको हो। ललितपुरले भने दोस्रो बराबरी गरेको हो। यसअघि ललितपुरले एफसी चितवनसँग १–१ गोलको बराबरी गर्दै अंक बाँडेको थियो। पहिलो खेलमा विराटनगरसँग ३–० ले पराजित भएको धनगढीले दोस्रो खेलमा काठमाडौं रेजर्सलाई ३–० ले नै हराएको थियो।

ललितपुरसँग बराबरी गरेसँगै धनगढी अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। धनगढीले ३ खेलबाट ४ अंक जोड्दा समान खेलबाट २ अंक जोडेको ललितपुर तालिकाको पुछारमा छ।

एक खेल कम खेलेको बुटवल लुम्बिीनी एफसी ४ अंकमा शीर्ष स्थानमा छ। एक खेल कम खेलको विराटनगर ३ अंकमा तेस्रो र पोखरा चौथो स्थानमा छ। ३ अंक भएको काठमाडौ पाँचौ तथा २ अंक भएको चितवन छैटौ स्थानमा छ।

धनगढीका आफिज ओलावाले गोल गर्दा ललितपुरले एक गोल उपहार गोल पायो।

खेलको पाँचौ मिनेटमा कप्तान अन्जन विष्टले गोल गरेपनि रेफ्रीले अफसाईड दिए। २२औं मिनेटमा भिलिम पोसिलिन्कोभिकको प्रहारलाई गोलरक्षक किरणले सहजै नियन्त्रणमा लिदा ललितपुर अग्रता लिनबाट चुक्यो।

खेलको ४३औं मिनेटमा कप्तान किरण चेम्जोङले अन्जन विष्टलाई एल्वो प्रहार गरेपछि रेफ्रीले ललितपुरलाई पेनाल्टी दिएको थियो। ४४औं मिनेटमा नुर्लान नोब्रुजोभ जाहिदको पेनाल्टीलाई किरणले सहजै बचाउँदा अग्रता लिनबाट चुक्न पुग्यो। पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो।

खेलको ७२औं मिनेटमा आफिज ओलावालेले गोल गर्दै धनगढीलाई सुरुवाती अग्रता दिलाए। कर्नरबाट आएको बललाई गोलरक्षक अपर्ण कार्कीले पञ्च गर्ने प्रयास गर्दा क्लियर हुन नसकेको बललाई अशोक खवासले गरेको प्रहार अन्जन विष्टलाई डिफ्लेक्ट हुदा ओलावालेले हेडरमार्फत गोल गरेका थिए।

त्यसको ६ मिनेटपछि नै ललितपुरले उपहार गोल पायो। खेलको ७८औं मिनेटमा सब्सिच्युट खेलाडी रन्जन विष्टको प्रहार धनगढीका दिनेश राजवंशीलाई लाग्दै गएको बललाई किरणले रोक्ने मौका पाएनन्।

इमर्जिङ प्लेय अफ दि म्याच घोषित भएका ललितपुर सिटी एफसीका निरज बस्नेतले १० हजार रुपैयाँ पाए। धनगढीका दिनेश राजवंशी प्लेयर अफ दि म्याच बने। उनले २५ हजार रुपैयाँ पाए।

खेलपछि पत्रकारसँग कुरा गर्दै धनगढीका प्रशिक्षक युगल किशोर राईले उनले भने, सुरुवाती अग्रता जोगाउन नसक्दा बराबरी गर्न पुगेको बताए। उनले भने, रिकभरी समय कम भएकाले पनि खेलाडीहरुले राम्रो खेल्न नसकेको बताए। हाम्रो लागि मात्र हैन हरु टिमको लागि पनि रिकभरी टाईम कम भएको छ जसको कारण खेलाडीहरुमा इन्ज्युरी हुने समस्या बढेको छ।

उता ललितपुरका प्रशिक्षक प्रदिप हुमागाई भने, 'राम्रो खेल खेलेको थियो तर गोल हुन सकेन। हामी शीर्ष ४ मा रहनका लागि प्रतिस्पर्धा गरिरहेका छौं। अबका बाँकी सबै खेल ३ अंकका लागि खेल्नेछौँ। आफूहरु तालिकाको पुछारमा रहेपनि टिमलाई प्रेसर छैन। मलाई आफ्नो टोलीसँग पुरै विश्वास छ।]

लिगमा भोलि शुक्रबार काठमाडौं रेजर्स र पोखरा थन्डर्सबीच साँझ साढे ५ बजे खेल हुनेछ। एनएसएलमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी सहभागी छन्। लिगको विजेताले ३५ लाख ताथ उपविजेताले १५ लाख रुपैयाँ पाउनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .