ad ad

खेल


५० हजार दर्शकअघि रियलका जर्सीमा सार्वजनिक भए हाजार्ड

५० हजार दर्शकअघि रियलका जर्सीमा सार्वजनिक भए हाजार्ड

नेपालखबर
जेठ ३१, २०७६ शुक्रबार १:१,

रियल मड्रिडले यसै सिजनमा भित्र्याएका इडन हाजार्डलाई ५० हजार दर्शकसामु आफ्नो घरेलु मैदान बेर्नाबेउमा सार्वजनिक गरेको छ।

बेल्जियमका फरवार्ड हाजार्डलाई अघिल्लो हप्ता मड्रिडले चेल्सीबाट १५० मिलियन पाउण्डमा अनुबन्ध गरेको थियो। उनले रियलसँग ५ वर्षे सम्झौता गरेका हुन्।

रियलका अध्यक्ष फ्लोरेन्टो पेरिजले आफ्ना समर्थकअघि हाजार्डको परिचय गराएका थिए। लगत्तै रियलको जर्सीमा सार्वजनिक भएका हाजार्डले स्पेनिसमै सबैलाई ‘हलो एभ्रिवान’ भनेका थिए। त्यसपछि रियलको जर्सीमा मैदानमा उत्रिएका उनले बललाई किक हान्दै रियलको ब्याच चुमे।

हाजार्डले सार्वजनिक कार्यक्रममा सानै उमेरदेखि रियलबाट खेल्नु आफ्नो सपना रहेको बताए। ‘म विश्वको उत्कृष्ट खेलाडी बन्ने कोसिस गर्नेछु। त्यसका लागि मलाई उत्कृष्ट क्लब चाहिन्छ,’ हाजार्डले भने।

हाजार्डको टि सर्टमा भने जर्सी नै थिएन्। उनले चेल्सीमा लगाउने १० नम्बर जर्सी रियलमा चुका मोड्रिचले लगाउँने गर्छन्।

‘मोड्रिचसँग हिड्न पाउनु नै मेरो सौभाग्य हो,’ उनले थपे, ‘मैले मजाक गर्दै उनलाई मेरो १० नम्बर जर्सी छाड्न पनि भने तर उनी मानेनन्। नम्बरमात्रै मेरालागि महत्वपूर्ण हैन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .