ad ad

खेल


प्रिमियर लिगको खेल तालिका सार्वजनिक

प्रिमियर लिगको खेल तालिका सार्वजनिक

नेपालखबर
जेठ ३०, २०७६ बिहिबार १६:९,

इङ्लिस प्रिमियर लिग २०१९–२० को खेलतालिका सार्वजनिक भएको छ।

च्याम्पियन्स लिगको विजेता लिभरपुलले उद्घाटन खेलमा यसै सिजनका लागि बढुवा भएको नर्विच सिटीसँग अगष्ट ९ मा खेल्दै लिगको उद्घाटन गर्नेछ।

गत सिजनको विजेता म्यानचेस्टर सिटीले पहिलो खेल अगष्ट १० मा वेष्टह्यामविरुद्ध खेल्नेछ। अन्य दुई बढुवा भएका क्लबहरु अस्टन भिल्ला र सिफिल्ड यूनाइटेडले क्रमशः टोटनह्याम र बर्नामाउथविरुद्ध खेल्नेछन्।

प्रिमियर लिगको इतिहासमा पहिलो पटक सिजनको बीच फ्रेब्रुअरीमा क्लबहरुले छोटो विश्राम पाउँदैछन्। ब्रेक झण्डै दुई हप्ताको हुनेछ। ३ सय ८० खेल हुने सिजनमा फेब्रुअरीमा भने एकै सातामा ५ खेलहरु हुनेछन्।

यस सिजनको ठूलो भिडन्तका रुपमा अगष्ट ११ मा हुने म्यानचेस्टर यूनाइटेड र चेल्सीबीचको खेल रहेको छ।

Image result for premier league fixtures

व्यस्त क्लब
यस सिजनको सुरुवात अगष्ट ४ मा वेंम्बली मैदानमा म्यानचेस्टर सिटी र लिभरपुलबीचको खेलसँगै हुनेछ। त्यसपछि लिभरपुलले अगष्ट १० मा प्रिमियर लिगको पहिलो खेल खेलेपछि अगष्ट १४ मा चेल्सीसँग यूएफा सुपर कप टर्कीमा खेल्नेछ।

लगत्तै लिभरपुलले प्रिमियर लिगमा आफ्नो दोस्रो खेल साउथहप्टनविरुद्ध खेल्नेछ भने चेल्सीले लेस्टर सिटीविरुद्ध खेल्दैछ।

यता, प्रिमियर लिगमा पहिलो खेल खेल्नुअघि वल्भ्सले यूरोपा लिगको छनौटका तीन खेल खेल्दैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .